लायन्स इन्टरनेशनल, डिस्ट्रिक्ट ३२५ एफ नेपाल र राष्ट्रय अपाङ्ग कोषले ५२ जना अपाङ्गता भएका व्यक्तिहरुलाई १३ लाख बराबरको सहायक सामाग्री वितरण गर्यो – Naya Bikalpa
April 23, 2026, Thursday      Epaper

लायन्स इन्टरनेशनल, डिस्ट्रिक्ट ३२५ एफ नेपाल र राष्ट्रय अपाङ्ग कोषले ५२ जना अपाङ्गता भएका व्यक्तिहरुलाई १३ लाख बराबरको सहायक सामाग्री वितरण गर्यो

काठमाडौं : सहायक सामाग्रीहरु अपाङ्गता भएका व्यक्तिहरुको लागि दैनिक जीवन यापन गर्न अत्यन्तै महत्तवपूर्ण आवश्यकता रहेको छ । विभिन्न कारणले अपाङ्गता हुदाँ अपाङ्गता भएका व्यक्तिहरु विभिन्न सहायक सामाग्रीहरुको सहायताले आफ्नो जीवनयापन गर्न सक्छन् । कतिपयले हातखुट्टा कृतिम राखेर पनि दैनिक क्रियाकलाप गरेको सहजै देख्न सकिन्छ । यस्तो जीवनयापन गर्ने पवित्र कार्यलाई विश्वभरि नै लायन्स अन्तर्राष्ट्रियले महत्वपूर्णरुपमा हेरिरहेको पाइन्छ ।

यसैक्रममा नेपालमा पनि विभिन्न सामाजिक कार्यमा लायन्सहरुले सामाजिक सेवा गरिरहेको पाइन्छ ।
यस्तो पवित्र मानवीय सेवामा समर्पित हुँदै आएको लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एफ नेपाल र राष्ट्रिय अपाङ्ग कोषले संयुक्तरुपमा गत शुक्रबार भृकुटीमण्डपमा देशभरका ५२ जना अपाङ्ग भएका व्यक्तिहरुलाई हातखुट्टा, ह्वील चियर लगायतका सामग्रीहरु वितरण गरेको छ । जसअनुसार लायन्स इन्टरनेशनल, डिस्ट्रिक्ट ३२५ एफ नेपालले ८ लाख र राष्ट्रिय अपाङ्ग कोषले ५ लाख गरी १३ लाख हाराहारिको सहायक सामाग्रीहरु ५२ जना अपाङ्गता भएका व्यक्तिहरुलाई वितरण गरेको थियो । डिष्ट्रिक्ट ३२५ एफ अन्तर्गत जर्नालिष्ट क्लब नेपाललगायत ४६ वटा क्लबले डोनेशन गरेका थिए ।

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एफ नेपालका डिस्ट्रिक्ट गभर्नर केशर बहादुर भण्डारीको प्रमुख आतिथ्यतामा रहेको उक्त कार्यक्रममा लायन्स इन्टरनेशनलका ग्याट एरिया लिडर शम्भु प्रशाद घिमिरे, राष्ट्रिय अपाङ्ग कोषका सभापति डेकराज भट्टराई, ब्लड बैक मल्टिपल कोअर्डिनेटर राजेन्द्र गिरि, सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर मनोज सापकोटा, क्याबिनेट सेक्रेटरि इन्द्र बहादुर कार्की, क्याबिनेट ट्रेजरर सुबास घिमिरे, एडमिष्ट्रिेटिभ चिफ भुवन नेपाल, सरभिस बैक चिफ किशोर भक्त श्रेष्ठ, लायन्स लिडरहरु कृष्णज्योति शाक्य, बसन्त थापा, अर्जुन कार्की, म्यागजिन चिफ दामोदरप्रसाद दवाडी, जर्नालिष्ट क्लब नेपालका प्रेसिडेन्ट रिता ढकाल लगायत क्याबिनेटका प्रतिनिधिहरु र क्लबका पदाधिकारिहरुको भब्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहायक सामाग्री वितरण गर्नुहुदै लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एफ नेपालका डिस्ट्रिक्ट गभर्नर केशर बहादुर भण्डारीले लायन्स क्लबले विगतदेखि नै अपाङ्गता भएका व्यक्तिहरुको लागि सहायक सामाग्री वितरण गर्दै आइरहेको र त्यसलाई निरन्तरता दिदै अपाङ्गता भएका व्यक्तिहरुको जीवनमा थप सहयोग पुगोस् भनेर यस पटक पनि उच्चस्तरका सामाग्रीहरु वितरण गरिएको जानकारी गराए ।

त्यस्तै राष्ट्रिय अपाङ्ग कोषका सभापति डेकराज भट्टराईले अपाङ्गता भएका व्यक्तिहरुको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने सहयोग सामाग्री वितरणमा अपाङ्ग कोषको अभियानमा साथ दिएकोमा लायन्स क्लबलाई धन्यवाद दिए ।

सम्बन्धित समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
  • २०८२ कार्तिक २, १७: ०४

काठमाडौं : सरकारले काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने तत्कालीन...

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको प्रस्ताव सार्वजनिक
प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको प्रस्ताव सार्वजनिक
  • २०८२ कार्तिक २, १७: ०४

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई ले संविधान संशोधनसम्बन्धी विस्तृत प्रस्ताव सार्वजनिक गरेका छन् । ‘संविधान संशोधन...

चैतमा ९ सय विपद्का घटना, ३० जनाको मृत्यु
चैतमा ९ सय विपद्का घटना, ३० जनाको मृत्यु
  • २०८२ कार्तिक २, १७: ०४

काठमाडौं : गत चैतमा विपद्का घटनामा परी  देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ । आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवी...