गगन–विश्व सम्पर्क कार्यालयमा देखेपछि डा. शेखर दंग, यसरी मिल्यो कुरा ! – Naya Bikalpa
April 23, 2026, Thursday      Epaper

गगन–विश्व सम्पर्क कार्यालयमा देखेपछि डा. शेखर दंग, यसरी मिल्यो कुरा !

काठमाडौं । जेनजी आन्दोलनपछि सांगठित रुपमा थला परेको नेपाली राजनीतिका पुरानो कांग्रेस पार्टीभित्र वर्तमान संस्थापन पक्षले इत्तर पक्षलाई भित्तामा पु¥याउने गरी पेल्दै गएपछि एक्लाएक्लै कुदिरहेका डा. शेखर कोइराला र गगन थापा, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, प्रदीप पौडेल लगायतका नेताहरु शुक्रबार बिहान एकै थलोमा जम्मा भएर वर्तमान संस्थापन पक्षसँग एउटै प्रश्ताव लिएर जाने सहमत भएको बुझिएको छ ।

यसभन्दा अगाडि डा. शेखर कोइराला एक्लाएक्लै देशव्यापी रुपमा दौडिरहेका थिए भने गगन र विश्व पनि एक्लै पार्टी हाक्ने भन्दै दौडिरहेको अवस्थामा जेनजीको कुटाइ खाएका देउवाले पूर्णबहादुर खड्कालाई मौखिक कार्यबहाक तोके । संस्थापन पक्षका नेताहरु पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शशांक कोइराला गोपालमान श्रेष्ठ त्यसैगरी विजयकुमार गच्छदार, डा.प्रकाशशरण महतले धोविघाटमा छुट्टै बैठक बसे । सो बैठकको रणनीति मंसिरमा महाधिवेशन नगरी, फागुन २१ पछि गर्ने गरी रणनीति अगाडि सारेपछि महामन्त्रीद्वारा प्रस्तावित कार्यतालिका केन्द्रीय समितिमा संस्थापन पक्षले टेबुल गर्न नदिएको बुझिएको छ ।

१३ गते बैठक नै छाडेर हिँडेका महामन्त्री गगन थापा डा. कोइरालासँग सल्लाह गर्न पुगेको बताइन्छ । यसअगाडि कोइराला नियमित महाधिवेशन मंसिरमै गर्नुपर्ने भन्दै टसमस नगरी केन्द्रीय समितिमा धारणा राख्दै आएका थिए । यता गगन र विश्व विशेष महाधिवेशन नै गर्नुपर्ने भन्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर समेत पार्टी कार्यालयमा दर्ता गरेको अवस्थामा वर्तमान संस्थापन पक्षले दुई महामन्त्रीहरुले हस्ताक्षर नक्कली गरेको भन्दै झुटो आरोप लगाइरहेपछि हस्ताक्षरकर्ताहरु स्वयम् काठमाडौंमा उपस्थित हुन थालेका छन् । उनीहरुले छुट्टै भेला बोलाउने समेतको तयारी गरिरहेको बुझिएको छ ।

शुक्रबार कोइरालाको सम्पर्क कार्यालयमा संस्थापन इत्तरका खेमामा रहेका नेताहरुलाई एकै ठाउँमा भेला गराउन युवा नेताहरुको प्रमुख भूमिका रहेको थियो । यसै अगाडि पनि साधारण कार्यकर्तादेखि केन्द्रीय नेताहरुले समेत डा. शेखर कोइराला गगन विश्वलाई सँगै मिलेर जान पटक पटकको आग्रह डा. कोइरालाले लत्याइरहेका थिए ।

गगन केही मात्रामा नरम देखिन्थे, तर कोइरालाले भने आफ्नो अडानमा टसमस नगरी रहेका बेला डा. गोविन्द पोखरेल, संजय गौतम, रामनाथ अधिकारी, डा. शुनिल शर्मा लगायतका नेताहरुको विशेष पहल र कोइरालाका शुभचिन्तकहरुको चर्काे दवाव थेग्न नसकेपछि डा. कोइरालाले नै दुई महामन्त्रीहरुलाई बोलाएर बैठक बसेको बुझिएको छ । जसअनुसार दुई महामन्त्री गगन विश्वका खुलेर लागेका समर्थकहरु रमेश धमला, सुवास पोखरेल, डिल्लीराम सुवेदी लगायतले पनि दुई महामन्त्रीहरुलाई डा. शेखरसँग सहकार्य गरेर जान सुझाएका थिए ।

संस्थापन इत्तर पक्षको सबैको एउटै उद्देश्य समयमानै महाधिवेशन गराउने भएको हुँदा नियमित महाधिवेशन हुन वर्तमान संस्थापन पक्षले नदिने लक्षण नदेखेपछि विशेष महाधिवेशन भएपनि गरेर जान र पावर सेरिङकोे व्यवस्थापन गर्नेगरी डा. शेखर कोइराला र गगन थापाबीच सहमति भएको बुझिएको छ ।

 

सम्बन्धित समाचार

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको प्रस्ताव सार्वजनिक
प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको प्रस्ताव सार्वजनिक
  • २०८२ कार्तिक १४, १९: ०२

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई ले संविधान संशोधनसम्बन्धी विस्तृत प्रस्ताव सार्वजनिक गरेका छन् । ‘संविधान संशोधन...

चैतमा ९ सय विपद्का घटना, ३० जनाको मृत्यु
चैतमा ९ सय विपद्का घटना, ३० जनाको मृत्यु
  • २०८२ कार्तिक १४, १९: ०२

काठमाडौं : गत चैतमा विपद्का घटनामा परी  देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ । आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवी...

पुनः सुचारुको पर्खाइमा ऐतिहासिक जनकपुर चुरोट कारखाना
पुनः सुचारुको पर्खाइमा ऐतिहासिक जनकपुर चुरोट कारखाना
  • २०८२ कार्तिक १४, १९: ०२

जनकपुरधाम। करिब ६२ वर्षअघि सञ्चालनमा आएको देशकै एकमात्र चुरोट उद्योग जनकपुर चुरोट कारखाना लिमिटेड पुनः सञ्चालनको पर्खाइमा रहेको छ। राजनीतिक...