संसद् पुनस्र्थापना र आमनिर्वाचनमा जानेबीच कांग्रेसमा फेरि टकराव – Naya Bikalpa
March 7, 2026, Saturday      Epaper

संसद् पुनस्र्थापना र आमनिर्वाचनमा जानेबीच कांग्रेसमा फेरि टकराव

काठमाडाैं । कांग्रेसमा संसद पुनस्र्थापना र फागुन २१ को आम निर्वाचनलाई लिएर  नयाँ टकराव सुरु भएको छ । जसअनुसार आइतबार विघतिट संसदका नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सांसदहरुलाई विघतिट संसद पुनस्र्थापनाका लागि भन्दै दस्तखत गराउन सुरु गराएका छन् । कांग्रेस केन्द्रीय समितिको बैठक आमनिर्वाचन अगाडि नै महाधिवेशन गर्ने र फागुन २१ काे अामनिर्वाचनपछि गर्ने भन्ने विवाद विगत एक महिनादेखि चलिरहेको छ । भोलि बस्ने केन्दीय समितिले विशेष अधिवेशन गर्ने कि, नियमित अधिवेशन गर्ने भन्ने टुंगो लगाउँदै गर्दा विशेष महाधिवेशन र नियमित महाधिवेशनलाई नै प्रभाव पार्नेगरी संस्थापन पक्षका नेताहरुले संसद पुनस्र्थापनाका लागि हस्ताक्षर सुरु गरेपछि कांग्रेसभित्र फेरि नयाँ टकराव सुरु भएको देखिन्छ । यसैबीच युवा नेता एवं  नेपाली कांग्रेसका चर्चित महामन्त्री गगनकुमार थापाले फागुन २१ गतेको आमनिर्वाचनले मात्रै सबै कुराको अलमल हटाउने भन्दै आज सामाजिक सञ्चालनमा स्टाटसमार्फत सबैलाई द्विविधामा नरहन आव्हान गरेका छन् ।

त्यस्तै संस्थापन पक्षकै युवा नेता नयनसिंह महरले पनि  आफ्नो धारणा सार्वजनिक गर्दै फागुन २१ कै आम निर्वाचन लोकतन्त्रकको प्राण वायु भएको बताएका छन् ।

थापाले आफ्नो फेसबुकमार्फत यस्तो प्रतिक्रिया दिएका छन् ।‘ फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ । संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन।
नेपाली कांग्रेस पार्टीको तर्फबाट प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पार्टीको यो निर्णय स्पष्ट रूपमा प्रस्तुत गरिसकेका छौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पनि यही निर्णय हो ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा अहिले भइरहेको अलमल यो विषयका सन्दर्भमा होइन। यस सन्दर्भमा हामी स्पष्ट छौँ ।
निर्वाचनअघि महाधिवेशन गर्नुपर्छ, किनकि महाधिवेशनबाट आउने नेपाली कांग्रेसको नेतृत्व र नीतिले मात्र हामीलाई निर्वाचन लड्न योग्य बनाउँछ भन्ने हाम्रो अडान हो। अहिलेको छलफल र अलमल यही विषयमा मात्र हो, फागुन २१ गतेको निर्वाचनका बारेमा होइन ।
नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा भाग लिन्छ मात्र होइन, यसलाई सफल पनि बनाउँछ। यसमा कसैले पनि द्विविधा नराखौँ ।’

त्यसैगरी युवा नेता नयनसिंह महरले पनि आम निर्वाचनमै जानुपर्ने बताएका छन । उनले भनेका छन्– ‘चुनाव लोकतन्त्रको प्राणवायु भएकाले २१ फागुनमै निर्वाचन सम्पन्न गराउन पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहको १११औं जन्म जयन्तीका अवसरमा बानेश्वरमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले निर्वाचन कांग्रेसको न्यूनतम सर्त भएकाले आवधिक चुनावबीना लोकन्त्र बलियो नहुने धारणा राखेका छन्। ’नेपाली कांग्रेस लोकतन्त्रको पर्यायवाची पार्टी हो। त्यसैले हामी पछिल्लो जेनजी संघर्षपछि निर्माण भएको परिस्थिति जन्य फागुन २१ गतेको चुनावका लागि कांग्रेस तयार हुनुपर्नै बताए ।
कांग्रेस जस्तो लोकतान्त्रीक पार्टीले चुनावको खिलाफमा जाने वा विकल्प खोज्ने कुरा सोच्न पनि नसक्ने उनले बताए । कतैबाट संसद पुनस्र्थापनाका आवाज, संसद विघटन असंवैधानिक भन्ने आवाज नेपालको संविधानलाई ध्यानमा राखेर व्यक्त भएका विचार भए पनि जेनजी प्रदर्शनपछि उब्जीएको नयाँ परिस्थितिको सम्बोधनका लागि निर्वाचनमा जानु अपरिहार्य भएको बताए ।

’वर्तमान परिस्थितको राष्ट्रिय राजनीतिक सम्झौता भनेको नै नयाँ सरकारले फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने हो । तोकिएको मितिमा चुनाव गर्नेभन्दा दाँयाबाँया जाने अधिकार कांग्रेसलाई छैन । त्यसैले कांग्रेसको चालु केन्द्रीय समिति बैठकले एकढिक्का भएर २१ फागुनमा चुनावमा जाने निर्णय गर्छ । प्रजातान्त्रिक व्यवस्था बचाउन र देशलाई थप क्षति हुन नदिन यो निर्णय अतिआवश्यकता भएको महरले बताए ।

नेपालको संविधानमा लिक आउट भएका धाराहरूलाई पनि सक्रिय पार्ने र पुनः व्यवस्था सञ्चालन गर्दै जनताको अधिकार जनतामै स्थापित गर्ने उपयुक्त बाटो चुनाव नै भएकाले त्यसको विकल्पमा जान नहुने उनले बताए ।’ चुनावका माध्यमले जनताले कसलाई शासनमा राख्न चाहन्छन् ? भन्ने जनताको अधिकार हो । कुनै पनि देशमा नयाँ परिवर्तन भइसकेपछि छिटोभन्दा छिटो चुनावका माध्यमले नयाँ सरकार बन्ने र जनताले त्यसका प्रति आफ्नो राय दिने परिस्थिति रहन्छ,’ महरले बताए ।

साथै उनले सरकारको रवैया चुनावकेन्द्रित कम देखिएको टिप्पणी गरेका छन् । अझैँ लुटिएका हतियार नियन्त्रणमा लिने, भागेका हजारौं कैदीलाई नियन्त्रणमा लिने, सुव्यवस्थित गर्ने कुरामा सरकारको चासो र ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह गरे ।

यो सरकार त नियमित सरकार जस्तै सय दिनको हनिमुन पिरियड बनाएर अगाडि बढ्न खोज्दैछ । पुर्वाग्रही ढंगले प्रशासनमा हुँदा बाँकि रहेका तुस साध्ने काम गरिरहेको छ, यो गलत हो । यो सरकारलाई चुनावको म्याण्डेट मात्र प्राप्त भएको हुँदा, यसको म्यान्डेट पनि त्यही हो,’ उनले भने । नेपाली कांग्रेस जिम्मेवार पार्टी भएकाले निर्वाचनको वातावरणमा सहयोग पु¥याउन सक्रिय भएको उनले बताए ।

सम्बन्धित समाचार

रौतहट–१ मा रास्वपाका राजेश कुमार चौधरी फराकिलो मतान्तरसहित विजयी
रौतहट–१ मा रास्वपाका राजेश कुमार चौधरी फराकिलो मतान्तरसहित विजयी
  • २०८२ कार्तिक २४, १४: ५०

प्रेमचन्द्र झा गाैर : रौतहट क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश कुमार चौधरी विजयी भएका...

फराकिलो मतान्तरले सोविता गौतम विजयी
फराकिलो मतान्तरले सोविता गौतम विजयी
  • २०८२ कार्तिक २४, १४: ५०

काठमाडौंः चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम फराकिलो मतान्तरले विजयी भएकी छिन् । गौतम ५९ हजार...

झापा–५ मा बालेन ओलीभन्दा ४० हजार बढी मतले अगाडि, १७ हजार मत गन्न बाँकी
झापा–५ मा बालेन ओलीभन्दा ४० हजार बढी मतले अगाडि, १७ हजार मत गन्न बाँकी
  • २०८२ कार्तिक २४, १४: ५०

झापा : झापा निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ। खसेको १ लाख ६ हजार ३७२...