कांग्रेसका २४८८ को अबमूल्यन गर्दै, संस्थापनले पटक पटक बैठक सार्दै – Naya Bikalpa
March 7, 2026, Saturday      Epaper
आफ्नै महाधिवेशन प्रतिनिधिहरुसँग डराए ७ भाइ

कांग्रेसका २४८८ को अबमूल्यन गर्दै, संस्थापनले पटक पटक बैठक सार्दै

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पटक–पटक सारिँदा संस्थापन पक्ष महाधिवेशन टार्न दाउपेच गरिरहेको आरोप झनै बलियो बन्दै गएको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहीबारका लागि डाकिएको बैठक अब शनिबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने जनाइएको छ । यसअघि ३० कात्तिकमा सूचना टाँस गर्दै १ मंसिरमा संस्थापनले एकतर्फी बोलाइएको बैठक स्थगित गर्दै आज ४ गतेका लागि बोलाइएको थियो ।

बैठक बस्ने बेलामा सूचना टाँस गरी पुनः शनिबारका लागि सारिँएको छ । यतिबेला कांग्रेसभित्र विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विवाद झनै उत्कर्षमा पुगेको छ । विशेष महाधिवेशनका लागि ५५ प्रतिशतले आवश्यक हस्ताक्षर गरी गत केन्द्रमा बुझाइसकिएको छ । तथापि संस्थापन पक्षका नेताहरू भने कांग्रेसको महाधिवेशन आम निर्वाचन फागुनको २१ पछि मात्रै गर्ने भन्दै बैठकलाई लम्ब्याइरहेको छ । यता हस्ताक्षर कर्ताहरुले आम निर्वाचन अगावै कांग्रेसको महाधिवेशन गरी नयाँ नेतृत्व र नीति पारित गर्नुपर्ने अडान दिँदै आएको छ ।

यसै सन्दर्भमा हस्ताक्षर कर्ताका प्रमुख गुरु घिमिरेले बुधबार बेलुकी पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशनको तिथि, मिति तोक्न दवाव दिएसँगै बैठक लम्ब्याउने रणनीति वर्तमान संस्थापनका ७ नेताहरु, गोपालमान श्रेष्ठ, विलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. शशांक कोइराला, विजयकुमार गच्छदार र डा. प्रकाशशरण महतको दवावमा पटक पटक केन्द्रीय समितिको बैठक टार्दै कांग्रेसलाई अनिर्णयको बन्दी बनाइँदै आएको छ ।

गत २८ असोजबाट निरन्तर चल्दै आएको बैठकमा कात्तिक २७ सम्म नेताहरूले धारणा राखिसकेका थिए । त्यसपछि कात्तिक २९ र मंसिर १ का लागि तय गरिएका बैठकहरू पनि स्थगित हुँदै आएका छन् । सभापति शेरबहादुर देउवा १८ दिने उपचारपछि सिंगापुरबाट फर्किए पनि बैठक किन अघि नबढाइने भन्ने प्रश्न यतिबेला कांग्रेसजनमा मात्रै नभई अन्य पार्टी सरकार र आम बुद्धिजीविहरुले समेत कांग्रेसको निर्णय कुरिरहेको देखिन्छ ।

२४८८ महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेर केन्द्रमा बुझाइएको हस्ताक्षरलाई ७ भाइले नक्कली हस्ताक्षर भन्दै प्रचारबाजी गरिरहँदा हस्ताक्षरकर्ताहरु भौतिक रुपमै उपस्थित हुने चुनौती दिन थालेका छन् । यसले गर्दा नेपाली कांग्रेसभित्र चर्काे विवाद बढ्दै जाने देखिन्छ । विधानको धारा १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गरेर निवेदन दिएपछि तीन महिनाभित्र स्वतः महाधिवेशन डाक्नुपर्ने बाध्यत्मक अवस्थालाई समेत वर्तमान संस्थापन पक्षले विभिन्न बहानाबाजी गरी प्रचार गरिरहेको छ ।

यसले गर्दा युवा पुस्तामा कांग्रेसप्रतिको निराशा बढ्दो छ । जसले गर्दा युवा पुस्ताको नेतृत्व गरिरहेका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले वर्तमान अवस्थामा पार्टीको नेतृत्व र नीति परिवर्तन नभए युवा पुस्ताको कांग्रेसमा मोह भंग हुने र जनताको माझ जान पनि नसकिने बताउँदै आएका छन् ।

सम्बन्धित समाचार

रौतहट–१ मा रास्वपाका राजेश कुमार चौधरी फराकिलो मतान्तरसहित विजयी
रौतहट–१ मा रास्वपाका राजेश कुमार चौधरी फराकिलो मतान्तरसहित विजयी
  • २०८२ मंसिर ४, १६: ११

प्रेमचन्द्र झा गाैर : रौतहट क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश कुमार चौधरी विजयी भएका...

फराकिलो मतान्तरले सोविता गौतम विजयी
फराकिलो मतान्तरले सोविता गौतम विजयी
  • २०८२ मंसिर ४, १६: ११

काठमाडौंः चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम फराकिलो मतान्तरले विजयी भएकी छिन् । गौतम ५९ हजार...

झापा–५ मा बालेन ओलीभन्दा ४० हजार बढी मतले अगाडि, १७ हजार मत गन्न बाँकी
झापा–५ मा बालेन ओलीभन्दा ४० हजार बढी मतले अगाडि, १७ हजार मत गन्न बाँकी
  • २०८२ मंसिर ४, १६: ११

झापा : झापा निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ। खसेको १ लाख ६ हजार ३७२...