नयाँदिल्लीमा बढ्यो वायु प्रदूषण – Naya Bikalpa
August 2, 2026, Sunday      Epaper

नयाँदिल्लीमा बढ्यो वायु प्रदूषण

एजेन्सी : पछिल्लो समयमा बढ्दो वायु प्रदुषणका कारण भारतको नयाँदिल्ली लगायत वरपरका क्षेत्रहरूमा हावाको गुणस्तर सोमबार खतरनाक स्थरमा पुग्नुका साथै धुवाँको बाक्लो तहले भारतीय राजधानी सहरका धेरै क्षेत्रहरू ओगटेको जनाइएको छ ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार विशेष गरी दिल्लीको पूर्वी भागहरू र छेउछाउका क्षेत्रहरूमा वायु गुणस्तर सूचकांक (एक्यूआई) लगभग– ४५० देखिएको छ जुन वायु प्रदूषण मापदण्डको सन्दर्भमा गम्भीर अवस्था मानिएको छ ।

पछिल्ला केही दिनदेखि दिल्ली र यसका छेउछाउका क्षेत्रहरूमा हावाको गुणस्तर खराब हुदाँ मानिसहरूलाई सास फेर्न गाह्रो भइरहेको तथा धेरै सरकारी अस्पतालहरूमा श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित बिरामीहरूको संख्या बढेको स्थानीय मिडियाले जनाएको छ ।

सावधानीका लागी दिल्लीका अधिकारीहरूले स्थानीयहरूलाई अत्यावश्यक नभए सम्म बाहिरी गतिविधिहरूमा संलग्न नहुन निर्देशन दिँदै स्वास्थ्य सुझावहरु जारी गरेका छन् ।

सम्बन्धित समाचार

कांग्रेस क्षेत्र नं. ९ को जरा अभियान समीक्षा बैठकमा उल्लेखनीय सहभागिता
कांग्रेस क्षेत्र नं. ९ को जरा अभियान समीक्षा बैठकमा उल्लेखनीय सहभागिता
  • २०८२ मंसिर ८, १४: ००

काठमाडौं : नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नं. ९ ले पार्टी संगठन सुदृढीकरण तथा जरा अभियानको समीक्षा बैठक सम्पन्न गरेको...

विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन
  • २०८२ मंसिर ८, १४: ००

काठमाडौं : विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)को निधन भएको छ । पुर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले शनिबार...

चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना
चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना
  • २०८२ मंसिर ८, १४: ००

काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वी नेपालमा...