
कठमाडौं – नेकपा स्थायी समितिको बैठक भदौ २६गते बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव विष्णु पौडेलबीच सोमबार भएको छलफल पछि २६ भदौमा स्थायी समितिको बैठक बस्ने प्रचार बिभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन् ।
गत साउन १३ गते स्थगित स्थायी समितको बैठक भदौ २६मा बस्ने सहमति भएको पनि थापाले जानकारी दिए। स्थायी समितिको बैठकमा सरकारको कामको समीक्षा, मन्त्रिपरिषदको पुनर्गगठन लगायतका बिषयमा छलफल हुने भएको छ।
यसैबीच पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्य बनाउने प्रस्ताव हाल सम्म उधरोमानै परेको छ। गौतमलाई संसाद बनाउने छ महिना अघि निर्णय भएको भएपनि त्यसको औपचारिक कार्यन्वयन भएको छैन।
गत बिहीबार बसेको सो पार्टीको सचिवालय बैठकमा गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने जानकारी प्रधानमन्त्री ओलीले गराएका थिए। तर शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकमा यसको औपचारिक प्रस्ताव आएन।
स्रोतका अनुसार सचिवालयको निर्णय कार्यन्वयन नभएको भन्दै आलोचना हुने भएपछि प्रधानमन्त्रीले यसबारे बैठकमा जानकारी गराएका थिए। गत साता एक टेलिभिजन अन्तरवार्तामा प्रधामनन्त्री ओलीले गौतमलाई राष्ट्रियसभाको सदस्य बनाउने औचित्य समाप्त भएको घोषणा गरेका थिए।
त्यो लगतै गौमले सचिवालयले गरेको निर्णय कार्यन्वयन गर्न र आफुलाई राष्ट्रियसभाको सदस्य बनाउन माग गरेपछि प्रधानमन्त्री ओली दवामा परेको बताईएको छ। सो दवावलाई टार्नका लागि ओलीले गौतमलाई राष्ट्रियसभाको सदस्य बनाउने घोषणा गरेपनि त्यससको औपचारिक प्रस्ताव मन्त्रिपरिषदमा आएको छैन।
गौतमलाई राष्ट्रियसभा सदस्य नबनाउने बिषयमा प्रधानमन्त्री ओली र राष्ट्रपति बिद्याभण्डारी समेत सहमत भएको स्रोतले बतायो। यदि सरकारले राष्ट्रपति समक्ष गौतमको नाम शिफारिस गरेको खण्डा उनले एमीकस क्युरी बनाएर परामर्श लिने स्रोतले बतायो। किन भने उनी यस भन्दा अगाडि बर्दिय १ बाट पराजित भएका नेता हुन् ।
काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...
काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु...