
नयाँ विकल्प,
काठमाडौं–नेपाली कांग्रेसको १४ औ महाधिवेसनको मिति नजिकिदै गर्दा नेतृत्व कसले लिने भन्ने चर्को बहस सुरु भएको छ ।
नेपालको सवैभन्दा पुरानो लोकनान्त्रिक शक्ति नेपाली कांग्रेसको १४ औं महाधिवेशन र नेतृत्व चयनको विषय आम नागरिक मात्र हैन । विश्व राजनीतिमा समेत चाशोका साथ हेरिएको छ। कांग्रेसको तय गरेको नेतृत्वले नेपालको राजनीतिक समिकरण मात्र मात्र परिवर्तन गर्ने छैन ।
सामरिक महत्व भएका ठुला छिमेकी मुलक विचको राजनैतिक सम्बन्धलाई समेत नयाँ रुपमा परिभाषित गर्ने छ ।
नेपालमा राजनीतिक ब्यावस्था परिवर्तनकालागि लामो राजनीतिक संघर्षको इतिहास छ । २००७ देखि ०१७, ०३६,०४६ तथा २०६२/०६३ को जनआन्दोलनले राजनैतिक ब्यावस्था नै परिवर्तन गर्यो । यी पटक–पटकका राजनीतिक परिवर्तनबाट ब्यावस्था त परिवर्तन भयो तर आम रुपमा नेपाली समाजलाई परिवर्तन गर्न भने सकेन ।
यसकाे कारण ब्यावस्था परिवर्तन भएपनि पुरानै नेतृत्व स्थापित हुने क्रम नरोकिदा अपेक्षित परिवर्तनको अनुभव आम जनताले महशुस गर्न पाएका छैनन् ।
ब्यावस्था परिवर्तन भएपनि ब्याक्ति पुरानै रहेका कारण देश पुरानै अवस्थाबाट अगाडि बढन नसकेको र लामो समयसम्म राजनीतिक अस्थिरता कायम रहेको राजनीतिका जानकार तथा आम नागरिकको बुझाई छ ।
१४ औं महाधिवेशन र नेतृत्वको बहस
नेपाली कांग्रेसले आगामी फागुन ७ देखि १० गते सम्म काठमाडौंमा १४औं महाधिवेशनकाे मिति तय गरिसकेकाे छ । महाधिवेशन मार्फत पार्टीको नयाँ नेतृत्व चयनका लागि पार्टीका विभागलाई तिव्र गतिमा सक्रिय पार्ने काम भैरहेको छ ।
पार्टीका विभिन्न जिम्मेवारी रहि देश विदेशमा सक्रिए रहि पार्टीको काममा निरन्तर खटिएका नेता कार्यकर्ताको सक्रियता बढेको छ ।
पार्टीको केन्द्र देखि वडा तहका संगठनमा आवद्ध लाखौ कार्यकर्ता, शुभेच्छकसंगै झन्डै ८ लाख पार्टीका सक्रिय कार्यकर्ता नयाँ नेतृत्व चयनका लागि प्रत्यक्ष सक्रिय भएका छन् ।
कांग्रेस भित्र प्रत्यक्ष राजनीतिमा युवाहरुको सहभागिता ६० प्रतिशत माथी छ । यो उमेर समुह नै कांग्रेसको आगामी नेतृत्व चयनका लागि निर्णायक शक्ति हो।
युवाहरुको बाहुल्य रहेको कांग्रेसको आगामी नेतृत्वमा पुग्न सात दशक पार गरेका वर्तमान सभापती शेरवहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत ७० बर्ष माथी उमेर समुहका दोस्रो तहका नेता कृष्ण प्रसाद सिटौला शेखर कोइराला, अर्जुन नरसिंह केसी लगायत नेतृत्वमा पुग्न अन्तिम संघर्षमा छन् ।
युवाहरुको बाहुल्य रहेको कांग्रेसमा पुरानो पुस्ता जो पटक पटक अवसर पाएर पनि काम गर्न नसकेर चुकेको छ । पुन तिनै नेतमा नेतृत्व पुगे पार्टी र देशको अवस्था के होला ? पार्टी भित्र र बाहिर यो प्रश्न चौतर्फि रुपमा उठेको छ ।
कांग्रेसमा युवा नेतृत्वको बहस
रोग, भोक, वेथिती, भ्रष्टचारबाट आहात भएका जनताले राजनीतिक रुपान्तरण खोजिरहेका छन् । आम नागरिकमात्र हैन पार्टी कार्यकर्ताको माग पनि राजनीतिक रुपान्तरणकालागि नेतृत्व युवामा आउनु पर्ने माग जोडबलले उठिरहेको छ ।
कांग्रेस भित्र मात्र हैन, नेपाली राजनीतिमा निकै आशा गरिएका, राष्ट्रिय मुद्धामा पार्टी र ब्याक्ति भन्दा माथी उठेर बोल्न सक्ने युवा नेताहरु डा. चन्द्र भण्डारी, गगन थापा, गुरुराज घिमिरे, डा. डिला संगौला, शंकर भण्डारी, सुरेन्द्र पाण्डे , सरिता प्रसाई, प्रदिप पौडेल धनराज गुरुङ गुरुराज घिमिरे, रामकृष्ण यादव बद्रि पाण्डे किरण यादव पार्टीमा योजनावद्ध रुपमै पछाडि पारिएका छन्।
उनिहरुलाई जिम्मेवारी विहिन बनाएर आवाज बन्द गराउने प्रयास पार्टी नेतृत्वले गरिरहेको छ ।
विडम्बना पार्टीमा जिम्मेवारी पाएका युवा नेता विश्वप्रकाश शर्मा, भिष्मराज आङदाङवे, एनपी साउद लगाउतको नेता पार्टीमा मौलाउँदै मौलाउँदै गएको वेथितिसंगै विधान विपरित नेतृत्वका निर्णयमा साक्षी बन्दै युवाहरुको आवाज बोल्नै छाडेका छन् ।
के यी आम नागरिकले समेत आशा गरिएका युवा नेतामा नेतृत्वगर्ने आँट छ ? वा तिनै सात दशक पार गरेका बृद्ध नेताक ईशारामा चल्दै उनको अवशान पछि मात्र नेतृत्वमा पुग्ने योजनामा छन ? ।
त्यसो हैन भने खै ती युवा नेताहरुको नेतृत्व लिने अग्रसरता ? खै ती युवाहरुमा जोश खै युवाहरुमा प्रतिवद्धता खै एकता ? आम युवाहरुको भावनाको प्रतिनिधित्व गर्ने दावी गर्ने यो तेस्रो पुस्ता आफु जिम्मेवार विहिन बनाईदा समेत किन हस्तक्षेपकारी भुमिका खेल्न सक्तैन ?
चुनौतिपूण राजनीतिको सामना गर्न कांग्रेसमा नेतृत्ककै खडेरी
१८ भदौं २०७७ अर्थात गत हप्ता नेपालको राजनीतिमा एउटा दुरगामी असर पर्ने निर्णय भयो । सत्तारुढ नेकपा जुन पार्टी दुईतिहाइ नजिक जनमतसंगै सरकारको नेतृत्व गरिरहेको छ ।
त्यहि पार्टीले संवैधानिक ब्यावस्था, लोकतान्त्रिक प्रणाली, आवधिक निर्वाचनको भावना विपरित प्रत्यक्ष चुनाव हारेको ब्याक्तिलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको छ ।
लोकतन्त्रको मसिहा ठान्ने नेपाली कांग्रेसको वर्तमान नेतृत्व यसबारे बेखबर जस्तै मौन बसेको छ ।
प्रधानमन्त्री केपी ओली सहभागी रहेको सत्तारुढ नेकपाको सवैभन्दा माथिल्लो कमिटी, सचिवालय बैठकले प्रत्यक्ष चुनाव हारेको ब्याक्ति बामदेव गौतमलाई राष्ट्रिय सभामा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफरिसगर्ने निर्णय विरुद्ध खै कांग्रेसको आवाज ?
प्रधानमन्त्री निवास बालुवाटारमै भएको सो निर्णय लोकतन्त्र, बहुदलिय ब्यावस्था र आवधीक निर्वाचनकै विरुद्धको एक शिलान्यास हो ।
यसको असर दुरगामी असर आगामी राजनीतिमा देखिने छ । नेकपाको सो निर्णय जनमत विरुद्धको एउटा पाइला हो । उक्त निर्णयको सर्वत्र विरोध भैइरहदा कांग्रेस किन रहस्यमय रुपमा मौन रहयो ? या कांग्रेसले नेकपाको उक्त निर्णय विरुद्ध प्रश्न गर्ने नैतिकता गुमाई सकेको हो । यदि हैन भने कांग्रेसको वर्तमान नेतृत्वको धारणा खै ?
लोकतन्त्र माथी षडयन्त्रको सरुवात
पूर्व एमालेसंग मिलेको पूर्व माओवादीले बहुदलिय ब्यावस्था र संसदीय ब्यावस्थामाथी पटक पटक प्रश्न उठाएको थियो । तिनै पूर्व माओवादीको लविमा सचिवालय बैठकबाटै बर्दिया क्षेत्र नम्बर १ बाट प्रत्यक्ष चुनाव हारेका नेता बामदेव गौतामलाई राष्ट्रिय सभामा पठाउन सिफारिसगर्ने निर्णय गरिएको छ ।
गोरखा क्षेत्र नम्बर २ बाट प्रत्यक्ष चुनाव हारेका पार्टीका प्रवक्ता नारयणकाजी श्रेष्ठ लगाएत नेकपाबाट स्थानिय तहमा चुनाव हारेका कतिपय ब्याक्ति राष्ट्रिय सभामा पुगि सकेका छन् ।
यस्ता सिफारिस कुनै अमुख नेतालाई जिम्मेवारी दिन, वा कुनै विशेष योगदान सम्झेर गरिएको पटक्कै हैन ।
यस्ता श्रृङखलाबद्ध निर्णयको उदेश्य अदृश्य रुपमा संसदीय ब्यावस्था ,लोकतन्त्र, बहुदलीय ब्यावस्था अन्र्तगतको आवधिक निर्वाचन प्रणाली असफल गराउने उदेश्यका साथ योजनाबद्ध रुपमा भैरहेको आम बुझाई छ ।
लोकतन्त्र विरुद्ध पहाड बनेर आएका चुनौती सामना गर्ने, यसको मुकाविलागर्ने आँट र भिजन भएका डा.चन्द्र भण्डारी गगन थापा, धनराज गुरुङ, सुरेन्द्र पाण्डे गुरुराज घिमिरे डा. डिला संगौला बद्री पाण्डे किन जिम्मेवार विहिन बनाईयो ?
युवा नेता डा .चन्द्र भण्डारी कांग्रेसको पुस्ताको नेतृत्वगर्ने सवैभन्दा बढि अनुभव र दृष्टीकोण भएका नेता हुन ।
राष्ट्रिय मुद्धा आफ्नो राजनीतिलाई समेत दाउमा राखेर देश र जनताको पक्षमा बोल्न सक्ने र आफनो अडान राख्न सक्ने डा. चन्द्र भण्डारीसंग विपी कोइरला, गणेशमान सिंह,कृष्ण प्रसाद भट्टराई, गिरिजा प्रसाद कोइरला, शुसिल कोइलालासंगै लामो राजनीति गरेको अनुभव समेत छ ।
पार्टीका दिवंगत शिर्ष नेतासंग लामो संगतमा राजनीत िगरेका अनुभवी भण्डारीलाई पार्टीले अहिले सम्म कुनै पनि भुमिका दिन सकेको छैन ।
२१ औं सताब्दीको राजनैतिक ब्यावस्थाको नेतृत्वगर्न सक्ने भनेर आफुलाई दावी गरेका यी नेताले राष्ट्रिय मुद्धामा बोलेका विषय आफैमा ओझेलमा पारिएको छ ।
बृद्ध नेताहरुलाई सम्मानजनक रुपमा विदाई गर्दै आगामी नेतृत्व लिन के यी युवा तयार छन छन ? के यी युवा नेताहरुको आगामी महाधिवेशनमा हस्तक्षेपकारी भुमिका मार्फत नेतृत्वमा आउने आँट छ ?
नेपाली कांग्रसको आगामी नेतृत्वमा आउनुपर्ने माग भैरहेका तिनै युवा नेता चन्द्र भण्डारी
कांग्रेसमा युवा नेताहरु नेतृत्व लिन सक्षम रहेको बताउँछन ।
“राजनीति भनेको समाज रुपमान्तरणको मुख्य आधार हो । जनताको प्रत्यक्ष जनजिवीकासंग जोडिएको राजनीतिमा विकास र समृद्धिसंग जोडिनुपर्नेमा कुनै नेताको समृद्धि र स्वार्थमा मात्र सिमित रहयो जुन नेपालको राजनीतिको विडम्बना हो । यसलाई अवका युवाले सधैलागि लागि अन्त्य गर्न सक्नुपर्छ ।” नेता भण्डारी
नेपालको राजनीतिमा राजनीति परिवार मुखि भयो, पार्टीमा दलाल, विचौलिया ठेकेदार प्रवृति हावी भएको भण्डारीको तर्क छ ।
देश कोरोना महामारीबाट आक्रान्त छ । जनतालाई राहतको त कुरा परै जावोस सरकरले जिवनजल समेत उपलब्ध गराउन नसक्दा नागरिकको ज्यान अकालमा गैरहेको छ । नेकपा सरकार यस्तो गम्भिर विषयमा पुर्णत असफल बन्दा खै नेतृत्व बोलेको ?
भण्डारी प्रति प्रश्न गर्छन युवाले नेतृत्वको अपमान गरेको छैन बरु उहाँ हरुले आफैले आफैलाई अपमान गर्नु भएको छ । हैन भने नेतृत्वकै असफलताका कारण संसारमा विलय हुदै गएको कम्युनिष्ट पार्टी नेपालमा उदय भएको छ ।
देशका नागरिकको वेरोजगारको दर दैनिक बढदै गएको छ, किसानले मल लिनकालागि हप्तौ लाईनमा बस्नुपर्छ , महामारीको बेला सामान्य ब्यावस्था मिलाउन नसक्ने सरकारले नेताको नाममा सर्पपाल्न ७२करोड खर्चगर्छ यो भन्दा विडम्बना अरु के हुन सक्छ ?
नेता भण्डारी पार्टीको अधिवेशन समेत तोकिएको मितिमा गर्न नसक्ने नेतृत्वबाट धेरै आशा गर्नु ब्यर्थ हुने बताउँछन्
उहाँहरु हिजो महामानव विपि कोइराला, शुवर्ण शम्सेर, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई बस्ने कुर्सीमा बसेर पार्टीको विधान मिच्न नैतिकताले कसरी दियो भण्डारी नेतृत्वसंग प्रश्न गर्छन ।
संवैधानिक ब्यावस्था अनुसार नेकपा सरकारको आयु अब जम्मा २६ महिना बाँकी छ । जनताको विरुद्ध पाइला चालेको नेकपा नेतृत्वको सरकारले समयमै निर्वाचन गर्नेमा आशंका समेत गरिएको छ ।
नेता भण्डारी संसारका कम्यनिष्टहरु ब्यालेट (चुनाब) बाट नभइ बुलेट ( बन्दुक )बाट सत्ता प्राप्त हुने विश्वासमा रहेका कारण संसदीय ब्यावस्था जहिलेपनि खतरामा रहने बताउँछ “नेपालमा द्धन्दरत पार्टी यत्तिको शान्तिपुर्ण राजनीतिमा आउनु उपलब्धी हो ।
उनिहरु कमजोर प्रतिपक्ष सहितको राजनीतिमा रमाउँ चाहेका छन् । यसलाई सहि दिशा दिन पनि कांग्रेसमा आगाम नेतृत्व युवा पुस्तामा आउनु पर्ने तर्क भण्डारीको छ ।
धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...
काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...