
काठमाडौँ — उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले तीन सातादेखि जारी निषेधाज्ञा हटाउने वा खुकुलो गर्ने भन्ने बिषयमा आफुहरुनै अन्यौलमा परेका छन् ।
उपत्यकाका तिन जिल्ला काठमाडाैं भक्तपुर ललितपुरमा गत भदाै ३ गते देखि निषेधाज्ञा जारि भएकाे थियाे । स्थानीय प्रशासनले जारी गरेकाे निषेधाज्ञा आजराति १२ बजे देखि सकिदै छ । निषेधाज्ञा थप्ने वा हटाउने बारे तिन जिल्लाका प्रमुख जिल्ला अधिकारीले निर्णय गर्न सकेका छैनन् ।
यस बिषयमा छलफल गर्न मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु क्रमशः जनकराज दाहाल, हुमकला पाण्डे र नारायणप्रसाद भट्टले छलफल गरेपनि कुनै निर्णय गर्न सकेनन् ।
उनीहरुको निर्णयमा ढिला भएका कारण निषेधाज्ञा हट्यो कि कायम छ भन्नेमा सर्बसाधरणमा अन्यौल कायमै छ। उनीहरुले जिल्ला सुरक्षा समितिको राय लिएपछि यस बिषयमा बुधबार निर्णय गर्ने तयारी गरेका छन् ।
सरकारले लगातार निषेधाज्ञा मात्रै बढाएकोमा जनस्तरबाटै त्यसको विरोध हुन थालेको छ । निषेधाज्ञाप्रति व्यक्त भइरहेको असन्तुष्टिबारे आफूहरु जानकार रहेको एक प्रजिअले बताए । तीनवटै जिल्लाका प्रजिअहरुले मंगलबार गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेसँग जारी निषेधाज्ञाबारे समीक्षा गरेका छन् ।
छलफलमा गृहसचिव र प्रजिअहरुबीच जनस्वास्थ्य मापदण्डलाई कडाईका साथ लागू गरेर विस्तारै निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने बारे कुराकानी भएको थियो ।
प्रमुख जिल्ला अधिकराीहरुले निषेधाज्ञालाई जारी राख्ने वा खुकुलो बनाउने भन्नेमा बुधबार संयुक्त बैठक बसेर उचित निर्णय लिइने बताएका छन्।
मंगलबार नै उपत्यका मेयर फोरमले राजधानी प्रवेश गर्ने नाकामा सेना परिचालन गर्नुपर्ने प्रस्ताव गरेको थियो । यसबारे प्रमुख जिल्ला अधिकारीहरुले असन्तुष्टि जनाएका छन् । कुन र के प्रयोजनका लागि सेना परिचालनको प्रस्ताव आयो भन्नेमा आफू जानकार नरहेको उनीहरुले बताउदै आएका छन् ।
धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...
काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...