
काठमाडौं : भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी– २० विश्वकपमा नेपालले आफ्नो दोस्रो खेलमा आज इटलीको सामना गर्दै छ । खेल मुम्बईस्थित वानखेडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ ।
नेपालले टी– २० अन्तर्राष्ट्रियमा पहिलोपटक इटलीको सामना गर्न लागेको हो । तर, एकदिवसीयमा भने नेपाल र इटालीबीच तीन खेल भइसकेका छन् । जसमा तीनै खेल नेपालले आफ्नो पक्षमा पारेको छ ।
नेपाल र इटलीबीचको पहिलो भेट सन् २००५ को विश्वकप छनोट सिरिज डिभिजन २ मा भएको थियो । उक्त भेटमा नेपालले इटलीलाई ८८ रनले पराजित गरेको थियो । यसैगरी, सन् २०१० को विश्वकप लिग डिभिजन ४ मा नेपालले दोस्रोपटक इटलीको सामना गरको थियो । यस खेलमा नेपालले इटलीलाई ५ विकेटले पराजित गरेको थियो । नेपालले पछिल्लोपटक सन् २०१३ मा इटालीको सामना गरेको थियो । यो खेलमा नेपाल ८ विकेटले विजयी भएको थियो ।
इटलीले युरोपेली क्षेत्रीय छनोट पार गर्दै पहिलोपटक टी– २० विश्वकपमा स्थान बनाएको हो । इटाली विश्वकपको डेब्यु खेलमा स्कटल्यान्डसँग ७३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । यता, तेस्रोपटक विश्वकप खेलिरहेको नेपालले भने पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनको हार ब्यहोरेको थियो ।
अहिले आईसीसी टी– २० वरीयतामा नेपाल १६ तथा इटाली २७औँ स्थानमा छन् ।
इटाली नियमित कप्तान वेन म्याडसेनबिनै मैदान उत्रिने सम्भावना छ । उनी स्कटल्यान्डविरुद्धको खेलमा घाइते भएका थिए । इटाली बेन मानेन्टी, ह्यारी मानेन्टी, थोमस ड्राका, जेज स्मट्सजस्ता खेलाडीको साथमा मैदान उत्रिनेछ ।
यता रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाललाई दीपेन्द्रसिंह ऐरी, लोकेश बम, नन्दन यादव, कुशल भुर्तेलजस्ता खेलाडीले साथ दिनेछन् ।
काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । प्रहरीले प्रसाईंलाई भक्तपुरको पुरानो थिमिबाट पक्राउ गरेको हो ।...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने भएको छ ।...
काठमाडौं । बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा सहभागी हुने भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले...