नेपालमाथि इटालीको ऐतिहासिक जित – Naya Bikalpa
April 16, 2026, Thursday      Epaper

नेपालमाथि इटालीको ऐतिहासिक जित

काठमाडौं। आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा नेपालले लगातार दोस्रो खेलमा पराजय भोग्दा इटालीले भने ऐतिहासिक जित निकालेको छ।भारतको मुम्बईस्थित वानखेडे रंगशालामा बिहीबार इटालीले नेपालमाथि १० विकेटको ऐतिहासिक जित निकालेको हो।
टी-२० विश्वकपमा यो नेपालको अहिलेसम्मकै ठूलो हार हो। यसअघि नेपालले विश्वकपको खेलमा कहिल्यै १० विकेटले हार ब्यहोरेको थिएन।पहिलो पटक विश्वकपमा प्रतिस्पर्धा गरेको इटालीले पहिलो जित निकालेको हो।नेपालमाथि सहज जित निकाल्ने क्रममा इटालीले १२४ रनको लक्ष्य १२.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्‍यो। उसले ४४ बल खेल्न बाँकी छदा लक्ष्य पूरा गरेको हो।

इटालीका लागि जस्टिन मोस्काले नटआउट ६० रन र  एन्थोनी मोस्काले नटआउट ६२ रन बनाए। जस्टिनले ४४ बलमा ५ चौका र ३ छक्का तथा एन्थोनीले ३२ बलमा ३ चौका र ६ छक्का प्रहार गरेका थिए।रण केसी र दीपेन्द्रसिंह ऐरीमाथि मोस्का दाजुभाइले आक्रामक ब्याटिङ गरेका थिए। त्यसपछि ललित राजवंशी र सन्दीप लामिछाने पनि प्रभावकारी हुन सकेनन्।

टालीको स्पिन बलिङमा फस्दा नेपालले १९.३ ओभरमा १२३ रनमै अलआउट भयो।नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन जोड्न सके। ओपनर कुशल भुर्तेल दोस्रो ओभरको अन्तिम बलमा अली हसनको बलमा जस्टिन मोस्काबाट कभरमा क्याच भए।ओभरको पाँचौ बलमा हसनलाई चौका प्रहार गरे लगत्तै भुर्तेल आउट भए। त्यतिबेला नेपालले मात्र ८ रन जोडेको थियो।

रोहित पौडेल ब्याटिङमा आएर नेपालको इनिङलाई गति दिए। जसका कारण नेपालले ६ ओभरको पावरप्लेमा एक विकेटको क्षतिमा ४६ रन जोड्यो।सातौं ओभरको अन्तिम बलमा रोहित लङअनमा समातिए। १४ बल खेलेर २ चौका प्रहार गर्दै २३ रन जोडेका रोहितलाई क्रिशन कलुगामागेलाई पेभिलियनको बाटो देखाए।

लगत्तै अर्को ओभरमा नेपालले आसिफ शेखलाई पनि गुमायो। आसिफले स्टम पिन हुनुअघि २० रन जोड्न सके। उनले २० बलमा २ चौका प्रहार गर्न सके। रोहित आउट हुँदा ४९ रन जोडेको नेपालले आसिफ आउट हुनुन्जेल कुनै रन जोड्न सकेनन्। सुरुवातमा तीन विकेट गुमाएपछि केही दबाबमा परेको नेपाल १० ओभरमा ३ विकेटको क्षतिमा ६७ रनको स्थितिमा रह्यो। त्यसपछि दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले नेपालको इनिङलाई गति दिए।

दीपेन्द्रले आरिफसँग चौथो विकेटका लागि ४४ रनको साझेदारी गरे। कुनै चौका छक्का प्रहार गर्न नसकेका दीपेन्द्रले १४औं ओभरमा कलुगामागेबाट बोल्ड हुनुअघि १८ बलमा १७ रन जोड्न सके।  लोकेश बम ३ रनमै आउट हुन पुगे ।

१६औं ओभरमा आरिफ शेख पनि बाउन्ड्रीमा क्याच हुन पुगे। जेजे स्मट्सको बलमा क्याच हुनुअघि आरिफले २७ रन जोडे। उनले २४ बल खेलेर ३ चौका प्रहार गर्न सके। अर्को ओभरमा गुल्सन झा आउट भए। उनलाई कलुगामागेले ३ रनमा क्याच गराए। यहि ओभरको एक बलपछि नन्दन यादव शून्यमा रनआउट भए। ‍

न्तिम ओभरको पहिलो बलमा सन्दीप लामिछाने पाँच रनमा क्याच आउट भए। यस्तै तेस्रो बलमा ललित राजवंशी शून्यमा अलआउट भए। करण केसी ११ बलमा १ चौका र १ छक्काको मद्दतमा नटआउट १८ रन जोडे।

अब नेपालले आइतबार वेस्ट इन्डिज र मंगलबार स्कटल्यान्डससँग खेल्दैछ। आजको पराजयसँगै नेपालको सुपरसिक्समा पुग्ने सम्भावना कमजोर बनेको छ ।

सम्बन्धित समाचार

बैंगलुरुसँग मुम्बई इन्डियन्स १८ रनले पराजित
बैंगलुरुसँग मुम्बई इन्डियन्स १८ रनले पराजित
  • २०८२ माघ २९, १८: ४३

काठमाडौं ।  इण्डियन प्रिमियर लिग (आइपिएल) मा डिफेन्डिङ च्याम्पियन्स रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी शुरुवात गरेको छ। बैंगलुरुले दिएको २४१ रनको...

करण केसी परे कारबाहीमा, एक खेलको प्रतिबन्ध र जरिवाना
करण केसी परे कारबाहीमा, एक खेलको प्रतिबन्ध र जरिवाना
  • २०८२ माघ २९, १८: ४३

काठमाडौं : सामाजिक सञ्जालमा दिएको विवादास्पद अभिव्यक्तिका कारण राष्ट्रिय टोलीका फास्ट बलर करण केसी कारबाहीमा परेका छन् । नेपाल क्रिकेट संघ...

कोलकाताविरुद्ध लखनउको जित
कोलकाताविरुद्ध लखनउको जित
  • २०८२ माघ २९, १८: ४३

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत केही बेरअघि सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्सविरुद्ध ३ विकेटको जित निकालेको...