भारत सरकारद्वारा नेपाललाई सहयोग स्वरुप सवारीसाधान हस्तान्तरण – Naya Bikalpa
April 15, 2026, Wednesday      Epaper

भारत सरकारद्वारा नेपाललाई सहयोग स्वरुप सवारीसाधान हस्तान्तरण

काठमाडौं : भारत सरकारले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सहयोग स्वरुप तेस्रो चरणमा २२३ वटा सवारी साधान  हस्तान्तरण गरेको छ ।

गृह मन्त्रालयमा आज आयोजित कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याललाई नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले प्रतिकात्मकरुपमा ती सवारी साधन हस्तान्तण गरे ।

यसअघि भारतले  पहिलो चरणमा ६१ वटा र दोस्रो चरणमा २५४ वटा सवारी साधान सहयोग स्वरुप उपलब्ध गराइसकेको गृहमन्त्रालयका सहसचिव एवंम प्रवक्ता आनन्द काफ्ले जानकारी दिए ।

भारत सरकारले  नेपाली सेनाका लागि पनि थप  ५० वटा सवारीसाधान उपलब्ध गराएको छ । उक्त सवारी साधान राजदूत श्रीवास्तवले प्रधानसेनापति अशोकराज सिग्देलललाई हस्तान्तरण गरे ।

नेपाल प्रहरीलाई उपलब्ध गराउने कतिपय सामग्री  प्राप्त भएको छ भने कतिपय प्राप्त हुने क्रममा रहेको  प्रवक्ता काफ्लेले जानकारी दिए ।

सम्बन्धित समाचार

२०६२-६३ देखिका उच्च राजनीतिक पदाधिकारीको सम्पत्ति छानबिन गर्न समिति गठन
२०६२-६३ देखिका उच्च राजनीतिक पदाधिकारीको सम्पत्ति छानबिन गर्न समिति गठन
  • २०८२ माघ २९, २१: १८

काठमाडौं : सरकारले वि.सं. २०६२/६३ को राजनीतिक परिवर्तनयता महत्वपूर्ण सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने भएको छ । सरकारका...

१२८ जना नेपालीलाई युएईले दियो आममाफी
१२८ जना नेपालीलाई युएईले दियो आममाफी
  • २०८२ माघ २९, २१: १८

काठमाडौंः संयुक्त अरब इमिरेट्स (युएई) ले १२८ जना नेपालीलाई आममाफी दिएको छ । रमजानको अवसर पारेर युएईले १२८ जना नेपालीलाई...

कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश
कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश
  • २०८२ माघ २९, २१: १८

काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राख्न सर्वोंच्च अदालतले आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह...