
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांगे्स पार्टीको तर्फबाट नुवाकोट जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फको उम्मेदवारको दिएका जगदीश्वर नरसिंह केसी चुनावी दौडमा जोडतोडले लागिपरेका छन् ।
यसै सन्दर्भमा उनले आफ्नो प्रतिबद्धतामा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान घोषणासँगै व्यवस्था परिवर्तनले साकार रूप लिए पनि लोकतान्त्रिक संस्कार, राजनीतिक इमानदारिता र सुशासनको प्रत्याभूति हुनेगरी देशको अवस्था परिवर्तनमा अपेक्षित सुधार हुन नसक्दा जेनजी आन्दोलनको नामबाट भएको नागरिक विद्रोह र त्यसबाट सिर्जित परिस्थितिका कारण हुन लागेको यो निर्वाचन अवस्था परिवर्तनको प्रस्थानविन्दुको रूपमा रहेको बताउँछन् ।
विगत दस वर्षको सत्ता नेतृत्वको अदूरदर्शी र लोकतन्त्रविरोधी व्यवहारले बढेको भ्रष्टाचार, दण्डहीनता, शासकीय अराजकता, आर्थिक विचलन र कुटनीतिक असन्तुलनका कारण देशमा गहिरिएको शङ्कट निवारण र राजनीतिक अवस्था तथा व्यवस्थाप्रति जनस्तरमा बढेको आक्रोस र विद्रोहको भावनालाई आत्मसात् गर्दै लोकतन्त्रलाई नागरिकको जीवनपद्धतिसँग जोड्ने युगीन दायित्व वहन गर्ने अभियानमा योगदान पु¥याउन बदलिएको नेपाली कांगे्रसको उम्मेदवारको रूपमा आफुलाई चिनाइरहेका छन् ।
उनले भने मुलुक यतिबेला सिद्धान्तहीन अङ्कगणितीय सत्ता दाउपेच, विधिविहीनता, दण्डहीनता र शासकीय अराजकताको पक्षपोषण र अर्कातिर आवेग वा उत्तेजनाको लक्ष्यहीन भड्काइका बीच चर्को द्वन्द्वको चपेटामा फसेको बताउँदै यसलाई सुझबुझपूर्ण तरिकाले नसम्हाल्ने हो भने देशले आर्थिक, राजनीतिक तथा कुटनीतिक सन्तुलन गुमाई चरम शङ्कटमा फस्ने खतरा रहेको बताउँछन् ।
२००७ सालको परिवर्तनको आवश्यकतालाई वी. पी. कोइरालाको चेतना, २०४६ को चुनौतीलाई गणेशमान सिंहको साहस, २०६२/२०६३ को द्वन्द्वलाई गिरिजाप्रसादको दृढता र २०७२ को संविधान निर्माणको सकस पार लाउन सुशील कोइरालाको सुझबुझपूर्ण नेतृत्वकोे ऐतिहासिक विरासत बोकेको नेपाली कांगे्रस दोस्रो विशेष महाधिवेसनबाट आफुलाई परिष्कृत गर्दै यथास्थिति र अराजकताबाट देशलाई जोगाउँन विषम कालखण्डमा सभ्य, सुसंस्कृत र लोकतान्त्रिक मुलुक निर्माणको युगीन नेतृत्व लिन युवा चेतना र युवा नेतृत्वका साथ देशभर आफ्नै ‘रुख’ चिन्ह बोकेर निर्वाचनमा होमिएकोले आम जनताले कांग्रेसलाई साथ दिने बताउँछन् ।
केसी देशमा मौलाएको शासकीय अराजकता र त्यसको विरोधका नाउँमा पैmलिएको सामाजिक अराजकता दुबैको पार्टीगत रूपमा नेपाली कांगे्रसको नेतृत्वमा अन्त्य गरी सुशासन एवं आर्थिक तथा कुटनीतिक सबलीकरणका लागि योगदान गर्ने र व्यक्तिगत रूपमा मतदाताहरूको व्यक्तिगत, सामूहिक वा सामाजिक सुखदुःखको साथी र सहयोगी बनेर सेवा गर्ने बाचासहित नुवाकोट क्षेत्र नंं २ मा उम्मेदवार दिएको बताउँछन् ।
त्यस क्षेत्रका मतदातासँग पार्टीगत र व्यक्तिगतरूपमा नेपाली कांगे्रसको र उनको गहिरो सम्बन्ध रहेकोले नुवाकोट क्षेत्र नंं २ क्षेत्रका मतदाताले आफुलाई विश्वास गर्ने बताउँछन् ।
भ्रष्टाचार, दण्डहीनता, शासकीय अराजकता जस्ता बेथितिका विरुद्ध राष्ट्रियस्तरमा उठेको युवा आवाज र युवा भावनालाई सम्बोधन गरी जनउत्तरदायी र जवाफदेही शासन व्यवस्था स्थापित गर्ने, विगतका सत्ताधारीका कमजोरीले जनतामा बढेको निराशा र आक्रोसलाई भड्काएर सामाजिक अराजकता र असभ्यतासहितको राजनीतिक द्वन्द्व सिर्जना गर्नेहरूबाट देशलाई जोगाउने, विश्वको भूराजनीतिक दवाव र तनावबाट नेपालमाथि परेको प्रभावलाई परिपक्व कुटनीतिक क्षमता तथा राष्ट्रिय सहमतिका साथ व्यवस्थापन गर्ने, आर्थिक अराजकताको अन्त्य गरी गतिशील अर्थतन्त्रसहित राष्ट्रको क्षमता वृद्धि गर्ने र लगानीमैत्री वातावरण निर्माण गरी देशमा उद्योगधन्दा प्रवद्र्धन गर्दै रोजगारी सिर्जना गर्ने जस्ता राष्ट्रिय दायित्व वहन गर्न आवेग, उत्तेजना वा प्रतिक्रियाको ताकतले होइन सुझबुझ र परिपक्वताको सामथ्र्यले मात्र सम्भव हुन्छ र यो सामथ्र्य नेपाली कांगे्रससँग मात्रै भएको हुँदा नेपाली कांगे्रसको विजय अपरिहार्य रहेको बताउँछन् ।
नुवाकोटको क्षेत्र नम्बर २ सँग नेपाली कांगे्रस पार्टी र यसका नेताहरूको गहिरो सम्बन्ध छ । विगतका कैयौँ कालखण्डमा यस क्षेत्रका मतदाताहरुको प्रतिनिधि भएर राष्ट्रिय अभिभारा वहन गर्ने अवसर पार्टीका नेताहरूले प्राप्त गर्दैगर्दा नुवाकोटको विकास निर्माण र आर्थिक, सामाजिक रूपान्तरणका लागि निर्वाचित हुनुभएकाहरुको ठूलो योगदान रहेको केसी बताउँछन् । उक्त क्षेत्रमा अर्जुननरसिंह केसी र बहादुरसिंह लामाले क्षेत्रको शिक्षा, स्वास्थ्य र सामाजिक विकासका अन्य क्षेत्रको सुधारमा पु¥याएको योगदान अविष्मरणीय रहेको देखिन्छ । जस्तो विद्यालय, जिल्ला अस्पतालदेखि स्वास्थ्य चौकीसम्मका स्वास्थ्य संस्थाहरू र विकास निर्माणका सयौँ उपलब्धिहरू साक्षी छन् ।
त्रिशूली नदी र आसपासका खोलाहरूमा बनेका दर्जनौँ पक्की पुल र क्षेत्रभरि पैmलिएको पक्की तथा अन्य सडक सञ्जालको निर्माणमा उनीहरूको सार्थक पहलकदमी रहेको तथ्य निर्विवाद रहेको केसी बताउँछन् । जीर्णप्रायः भइसकेको रानीपौवा–पीपलटार सडक नेपाली कांगे्रसकै नेताहरूको हस्तक्षेपकारी पहलमा बहुवर्षीय ठेक्का लागिसकेको र चौतिस किलो–आरुखर्क–बाघखोर सडक, कोल्पुटार–दियाले–पञ्चासे–झ्याङ्लीपोखरी सडक, चारघरे गोरीबेसी–भट्टगाउँ सडक, किर्नेबगर–भाल्चेबेसी–साल्मे सडक, मान्दे्रढुङ्गा–छत्रेखोला–बुधसिङ–तारुका सडक, ढोडबेसी–सातदोबाटो–तारुका सडक, हात्तीगौँडा–देउराली–किम्ताङ सडक, सोले–सातदोबाटो–भाल्चे–साल्मे सडकलगायत दर्जनौँ सडकहरू कुनै निर्माणाधीन त कुनै निर्माणको प्रकृयामा रहेका छन् ।
त्रिशूली अस्पताललाई उत्कृष्ट सेवा प्रवाह हुने गरी गरिएको स्तरोन्नति, तामाङ सङ्ग्रहालय निर्माणको थालनीजस्ता सामाजिक, सांस्कृतिक कार्यलाई नेपाली कांगे्रसको नेतृत्वले सशक्तरूपमा अगुवाइ लिँदैआएको केसी बताउँछन् । आगामी दिनमा पनि यस क्षेत्रको भौतिक, सामाजिक तथा सांस्कृतिक विकासको गतिलाई अघि बढाउन नेपाली कांगे्रसले सदैव नेतृत्वदायी भूमिका खेल्दै यसको पहलकदमी आफुले लिने बताउँछन् ।
जनताको समृद्धिको आकांक्षा र रोजगारीको चाहनालाई राम्रोसँग बुझेका केसीले यसै वर्षको बाढीले क्षतिग्रस्त रसुवागढीको सुख्खा बन्दरगाहलाई पीपलटारमा स्थानान्तरण गरी विदुरलाई ब्यापारिक केन्द्रको रूपमा स्थापित गर्ने र बुङ्ताङलाई सुन्तला, किम्ताङलाई ट्राउट माछा, काहुलेलाई तरकारी, बेलकोटगढीलाई आलु उत्पादन क्षेत्रको रूपमा विकास गरी बजारको प्रवद्र्धन गर्ने प्रयत्न रहेको केसी बताउँछन् ।
वञ्चितीकरणमा पारिएका, उपेक्षित, सीमान्तकृत, निमुखा र पीडित वर्ग एवं समुदायको पक्षमा पैरवी गरी सामाजिक न्याय र सुरक्षाको सुनिश्चितता गर्ने, मध्यपहाडी लोकमार्ग, त्रिदेशीय सम्पर्क र जलविद्युत कोरिडरको रूपमा रहेको गल्छी–त्रिशूली–रसुवागढी सडक र राजधानी जोड्ने सबै सडकको स्तरोन्नति र सुधार कार्य छिटो र भरपर्दो रूपमा सम्पन्न गराउन अर्थपूर्ण पहल गर्ने तथा विगतमा कांग्रेसकै पहलमा र अन्य प्रकृयामार्पmत सुरु भई अधुरो र अव्यवस्थित रहेका सबै रणनीतिक एवं ग्रामीण सडकहरूको सुधार र स्तरोन्नति गरी व्यवस्थित गर्न प्रभावकारी पहल गर्ने प्रतिबद्धता व्यक्र गरेका छन् । नुवाकोट जिल्लाको चौतर्फी विकास र समृद्धिको लागि समन्वयात्मक र सामूहिक प्रयासलाई गति दिन र नुवाकोटलाई विकास र समृद्धिको राष्ट्रिय मूल प्रवाहमा समाहित गर्दै शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, सडक, विद्युतीकरण, रोजगारी प्रवद्र्धनलगायत सामाजिक तथा भौतिक विकासका कार्यहरूलाई व्यवस्थित र योजनावद्ध किसिमले सम्पन्न गर्न यस क्षेत्रका नागरिकले गर्वको अनुभूति गर्ने गरी काम गर्नै प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
नुवाकोटका अन्य कार्यहरू सम्पन्न गर्दै राष्ट्रिय राजनीति र विकास अभियानमा निरन्तर लागि पर्ने केसी बताउँछन् ।
झापा ।नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन ‘देश बनाउने र देश जलाउने’ शक्तिहरूबीचको महासंग्राम भएको...
सर्लाही : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य रहेको बताएका छन् । सर्लाही...
काठमाडौं : निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दल तथा उम्मेदवारहरूका लागि ६४ बुँदे निर्देशन...