सुन्दरहरैंचालाई अझै सुन्दर बनाउने जिम्मा मलाई छोडिदिनुस् : डा. शेखर कोइराला – Naya Bikalpa
April 23, 2026, Thursday      Epaper

सुन्दरहरैंचालाई अझै सुन्दर बनाउने जिम्मा मलाई छोडिदिनुस् : डा. शेखर कोइराला


विराटनगर : नेपाली कांग्रेसका प्रभावशाली नेता एवं मोरङ क्षेत्र न.६ का कांग्रेसका उमेदवार डा. शेखर कोइरालाले गएको २०७९ को चुनावमा आफुले पुर्वाञ्चल विश्व विद्यालयमा मेडिकल कलेज संञ्चालन गर्ने प्रतिवद्धता जनाए अनुरुप ५० विद्यार्थी भर्ना भएकोमा खुसी व्यक्त गरे ।

मोरङको क्षेत्र न.६ को सुन्दरहरैंचा नगरपालिका वडा न.२ को मृगौलीयामा आयोजीत चुनावी सभालाइ संम्बोधन गर्दै वरिष्ठ नेता कोइरालाले भने,‘ विगतको तुलनामा सुन्दरहरैंचाको स्वरुप परिर्वतन भएको छ,।

उमेदवार कोइरालाले विद्यार्थी संख्या बढ्दै गएपछि वडा नं.२ को पनि विकास हुने विश्वास व्यक्त गरे । कोइरालाले नदी नियन्त्रण, बृन्दाबन गौशाला तटबन्धन, तेलीया खोला तटबन्ध, गछिया खोला तटबन्ध, सडक, भवन, मठ-मन्दिर, धार्मीक स्थल, शैक्षीक संस्था ,मृगौलीया खानेपानी आयोजना बिस्तार लगायतका क्षेत्रमा उल्लेखनीय रुपमा विकासको काम भएको उल्लेख गर्दै विगतको तुलनामा स्वरुप परिर्वतन भएको उल्लेख गरे ।

अर्काे प्रशंगमा उमेदवार कोइरालाले मृगौलीयाका किसानका लागी सिंचाइको व्यवस्था गर्ने प्रतिवद्धता जनाए । उनले भने,”एउटा डिप ट्युवेल रैछ भाँचिएछ निर्वाचन लगत्तै नयाँ ड्युप टुयुवेल जडान हुन्छ।” कोइरालाले सुन्दरहरैंचालाई विकास गरेर अझै सुन्दर बनाउने इच्छा भएकाले सुन्दरहरैंचाको जिम्मा दिन स्थानीयलाई आग्रह गरे । उनले भने,‘सुन्दरहरैंचालाई अझै सुन्दर बनाउने जिम्मा मलाइ छोडीदिनुस।”

सम्बन्धित समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
  • २०८२ फाल्गुन ५, ०७: ३४

काठमाडौं : सरकारले काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने तत्कालीन...

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको प्रस्ताव सार्वजनिक
प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको प्रस्ताव सार्वजनिक
  • २०८२ फाल्गुन ५, ०७: ३४

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई ले संविधान संशोधनसम्बन्धी विस्तृत प्रस्ताव सार्वजनिक गरेका छन् । ‘संविधान संशोधन...

चैतमा ९ सय विपद्का घटना, ३० जनाको मृत्यु
चैतमा ९ सय विपद्का घटना, ३० जनाको मृत्यु
  • २०८२ फाल्गुन ५, ०७: ३४

काठमाडौं : गत चैतमा विपद्का घटनामा परी  देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ । आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवी...