दोलखामा एमाले र माओवादीलाई धक्का: विगुका उपाध्यक्ष श्रेष्ठ सहितको टोली कांग्रेसमा प्रवेश – Naya Bikalpa
April 23, 2026, Thursday      Epaper

दोलखामा एमाले र माओवादीलाई धक्का: विगुका उपाध्यक्ष श्रेष्ठ सहितको टोली कांग्रेसमा प्रवेश

दोलखा : निर्वाचनको मुखमा नेकपा (एमाले) विगु गाउँपालिकाका उपाध्यक्ष शेषनारायण श्रेष्ठ सहितको ठूलो टोली नेपाली कांग्रेसमा प्रवेश गरेको छ। विगु गाउँपालिका वडा नं. १ मा आयोजित वडा सभा तथा पार्टी प्रवेश कार्यक्रममा एमाले र माओवादी परित्याग गरी दर्जनौँ नेता-कार्यकर्ता कांग्रेसमा समाहित भएका हुन्।

एमालेबाट पार्टी छोड्नेहरूमा वडा नं. १ का सचिव चाहाना मगर, उपसचिव सूर्यनारायण श्रेष्ठ, प्रकाश थापा मगर, कुमारी तामाङ, लालमान तामाङ, सीतादेवी श्रेष्ठ र वडा नं. २ की पार्वती जीसी रहेका छन्।

त्यस्तै एमाले पालिका कमिटी सदस्यहरू बिन्दु तामाङ, गाइने ठकुरी, पार्वती ठकुरी र रत्नविक्रम थापा मगर पनि कांग्रेसमा प्रवेश गरेका छन् । यसका साथै माओवादी केन्द्र परित्याग गरी साङछिरी तामाङ, कुमार विक, रन्जिमाया तामाङ, पदममाया तामाङ, काले तामाङ र मन्जु नेपाली पनि कांग्रेसमा गएका छन् ।

पार्टी प्रवेश गर्दै उपाध्यक्ष श्रेष्ठले कांग्रेस बदलिएर आएको र देशलाई कांग्रेस उम्मेदवार अजयबाबु शिवाकोटी जस्तो स्वच्छ एवं भ्रष्टाचार विरोधी उम्मेदवार आवश्यक परेकाले आफूले यो निर्णय लिएको बताए । नवप्रवेशीहरूले कांग्रेसको विकासप्रतिको स्पष्ट भिजन र लोकतन्त्र रक्षाका लागि युवा नेतृत्वको आवश्यकता महसुस गर्दै पार्टी परिवर्तन गरेको उल्लेख गरे।

नवप्रवेशीहरूलाई प्रतिनिधि सभा उम्मेदवार अजयबाबु शिवाकोटी र समानुपातिक उम्मेदवार छिरिङ डोल्मा शेर्पाले खादा लगाएर स्वागत गरेका थिए । स्वागत कार्यक्रममा बोल्दै शिवाकोटीले ग्याल्पो ल्होसारको अवसरमा विगुका प्रभावशाली नेताहरू कांग्रेसमा आउनुले एमालेमा ‘भूकम्प’ गएको टिप्पणी गरे । उनले भने, “शेषनारायणजी सहितको टोलीले जुन आँट देखाएर कांग्रेस रोज्नुभयो, यसले दोलखामा कांग्रेसको विजयको ध्वजा फैलाउँदैछ भन्ने स्पष्ट सन्देश दिएको छ।”

कार्यक्रममा कांग्रेस दोलखाका सचिवद्वय सन्तोष पाठक ‘रन्जित’ र दावा साङ्गे लामासहित नेविसंघ र तरुण दलका नेता-कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो । निर्वाचन नजिकिँदै गर्दा दोलखाका विभिन्न गाउँमा कांग्रेस पार्टी प्रवेशको लहरले तीव्रता पाएको छ।

सम्बन्धित समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
  • २०८२ फाल्गुन ६, १३: ४६

काठमाडौं : सरकारले काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने तत्कालीन...

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको प्रस्ताव सार्वजनिक
प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको प्रस्ताव सार्वजनिक
  • २०८२ फाल्गुन ६, १३: ४६

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई ले संविधान संशोधनसम्बन्धी विस्तृत प्रस्ताव सार्वजनिक गरेका छन् । ‘संविधान संशोधन...

चैतमा ९ सय विपद्का घटना, ३० जनाको मृत्यु
चैतमा ९ सय विपद्का घटना, ३० जनाको मृत्यु
  • २०८२ फाल्गुन ६, १३: ४६

काठमाडौं : गत चैतमा विपद्का घटनामा परी  देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ । आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवी...