सहकारीसहित मिटरब्याज र लघुवित्तका ठगलाई तह लगाउँछौं : गगन थापा – Naya Bikalpa
April 23, 2026, Thursday      Epaper

सहकारीसहित मिटरब्याज र लघुवित्तका ठगलाई तह लगाउँछौं : गगन थापा

जनकपुरधाम : नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशको वर्तमान वित्तीय संरचना खलबलिएको बताउँदै मिटरब्याज, लघुवित्त र सहकारी क्षेत्रमा देखिएका विकृति अन्त्यसँगै वैकल्पिक वित्तीय मोडल निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।

बुधबार जनकपुरधाममा आयोजित पार्टीको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै सभापति थापाले सहकारी ठगी, मिटरब्याज र लघुवित्तका नाममा भइरहेको शोषण अन्त्य गर्ने मात्र होइन, मधेशका जनताले सहज रूपमा पहुँच पाउने न्यायोचित वित्तीय संरचना विकास गरिने बताए ।

‘सहकारीका ठगलाई तह लगाउने मात्रै होइन, मिटरब्याज र लघुवित्तका ठगलाई पनि तह लगाउँछौं,’ थापाले भने, ‘त्यससँगै मधेशमा वैकल्पिक वित्तीय संरचना निर्माण गरेर आम नागरिकलाई सुरक्षित आर्थिक पहुँच दिलाउँछौं ।’

सभापति थापाले आफू मधेशका दलित, अल्पसंख्यक, महिला र सबै समुदायका लागि नयाँ सोच र नयाँ दृष्टिकोणसहित आएको बताए । मधेशमा लागूऔषध दुर्व्यसन बढ्दो समस्या बन्दै गएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम ल्याइने बताए ।

उनले मधेशलाई पुनः ‘ज्ञानको केन्द्र’ बनाउने लक्ष्यसमेत प्रस्तुत गरे । विगतमा मधेशबाट गणित र विज्ञानका शिक्षक पहाड र हिमाल पुगेर शिक्षाको ज्योति फैलाएको स्मरण गर्दै अहिले मधेश शिक्षामा कमजोर देखिनु चिन्ताजनक रहेको बताए ।

‘मधेशलाई ज्ञानको केन्द्र बनाउन आएका छौं,’ थापाले भने, ‘शिक्षामा लगानी बढाएर मधेशलाई फेरि बौद्धिक नेतृत्वको केन्द्र बनाउँछौं ।’

संघीयतालाई बलियो र कामकाजी बनाउनुपर्नेमा जोड दिँदै उनले मधेश प्रदेशलाई केन्द्रमा राखेर संघीयतामा देखिएका समस्या समाधान गर्ने बताए । ‘संघीयतालाई जोगाउनुपर्छ, कामकाजी बनाउनुपर्छ,’ उनले भने, ‘मधेशलाई आधार बनाएर नेपाललाई संघीयता किन चाहिन्छ भन्ने कुरा प्रमाणित गर्छौं ।’

सभापति थापाले पाँच वर्षभित्र मधेशमा क्रिकेट रंगशालालगायतका ठूला पूर्वाधार निर्माण गरिने प्रतिबद्धता पनि जनाए ।

त्यसैगरी, अब नकाव लगाएर कसैले पनि सिंहदरबार जलाउन नपाउने र राज्यको गोलीबाट कुनै युवा मारिन नपर्ने प्रतिज्ञा कांग्रेसको भएको उनले बताए ।

‘अब प्रश्न गर्दैगर्दा कुनै युवक भदौ २३ को जस्तो राज्यको गोलीबाट मारिनु पर्दैन, यो हाम्रो प्रतिज्ञा हो,’ थापाले भने, ‘युवाले हामीलाई अस्वीकार गरेका होइनन्, हाम्रो शैली बदल भन्नुभएको हो ।’

भदौ २३ र २४ गते सडकमा आएका युवाको भावना कांग्रेसले सम्बोधन गर्ने पनि उनले स्पष्ट पारे ।

सम्बन्धित समाचार

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको प्रस्ताव सार्वजनिक
प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको प्रस्ताव सार्वजनिक
  • २०८२ फाल्गुन ६, १७: ५७

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई ले संविधान संशोधनसम्बन्धी विस्तृत प्रस्ताव सार्वजनिक गरेका छन् । ‘संविधान संशोधन...

चैतमा ९ सय विपद्का घटना, ३० जनाको मृत्यु
चैतमा ९ सय विपद्का घटना, ३० जनाको मृत्यु
  • २०८२ फाल्गुन ६, १७: ५७

काठमाडौं : गत चैतमा विपद्का घटनामा परी  देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ । आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवी...

पुनः सुचारुको पर्खाइमा ऐतिहासिक जनकपुर चुरोट कारखाना
पुनः सुचारुको पर्खाइमा ऐतिहासिक जनकपुर चुरोट कारखाना
  • २०८२ फाल्गुन ६, १७: ५७

जनकपुरधाम। करिब ६२ वर्षअघि सञ्चालनमा आएको देशकै एकमात्र चुरोट उद्योग जनकपुर चुरोट कारखाना लिमिटेड पुनः सञ्चालनको पर्खाइमा रहेको छ। राजनीतिक...