कांग्रेस सभापति थापाको प्रतिज्ञा : संघमा १६ र प्रदेशमा ६ मन्त्रालय मात्रै – Naya Bikalpa
April 23, 2026, Thursday      Epaper

कांग्रेस सभापति थापाको प्रतिज्ञा : संघमा १६ र प्रदेशमा ६ मन्त्रालय मात्रै

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संघीय र प्रदेश सरकारमा मन्त्रालय संख्या कटौती गर्ने घोषणा गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित पार्टीको चुनावी प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् । उनले संघमा बढीमा १६ वटा र प्रदेशमा ६ वटा मात्रै मन्त्रालय रहने प्रतिज्ञा गरे ।

गठबन्धनको नाममा भागबण्डा गर्न कुनैपनि दलले मन्त्रालय संख्या बढाउन नपाउने उनको भनाइ छ । सभापति थापाले २०४६ पछि कांग्रेस नेतृत्वमा सञ्चालित सरकारको अवधिलाई ‘स्वर्णिम युग’को संज्ञा दिँदै २०४६ सालपछिका राजनीतिक तथा आर्थिक परिवर्तनहरू कांग्रेसले अवलम्बन गरेको नीति र मोडेलकै परिणाम भएको दाबी पनि गरे ।

त्यसपछिका राजनीतिक उतारचढाव र जनविद्रोहको प्रसंग उल्लेख गर्दै उनले प्राकृतिक कारणबाट भएको क्षतिसमेत आगामी पाँच वर्षभित्र पूर्ति गर्ने प्रतिज्ञा गरे । उनले आगामी पाँच वर्षभित्र नेपाली नागरिकको प्रतिव्यक्ति आय २ हजार ५ सय अमेरिकी डलर पुर्‍याउने प्रतिबद्धता समेत व्यक्त गरे ।

उनले भने, ‘संघमा जम्मा १६ वटा मन्त्रालय र प्रदेशमा जम्मा ६ वटा मन्त्रालय रहनेछन् । अब कुनैपनि पार्टीले गठबन्धन गरे भागबण्डा गर्न मन्त्रालय बढाउन पाउँदैन । विगतमा कांग्रेसले सरकार चलाएको समयलाई हामी स्वर्णीम युग मान्दछौं । आज पनि नेपालमा जेजति कुरा भएका छ त्यो सबै २०४६ सालपछि कांग्रेसले अपनाएको नीति र मोडेलकै आधारमा भएको छ । यद्यपि त्यसपछि पनि नेपालले ठुलो जनविद्रोहको सामना मगर्नुपर्यो । यो बीचमा जतिपनि प्राकृतिक कारण भएको क्षतिलाई पनि पाँच वर्षभित्र कवर गर्छौं । हामी अबको पाँच वर्षभित्र नेपाली नागरिकको प्रतिव्यक्ति आय २ हजार ५ सय अमेरिकी डलर पुर्‍याउँछौं ।’

सभापति थापाले अब कुनैपनि संवैधानिक आयोगमा भागबण्डाको आधारमा नियुक्ति हुन नदिने प्रतिज्ञा गरे । अबको पाँच वर्षभित्र मुलुकबाट भ्रष्टाचार पूर्णरुपमा अन्त्य गर्ने उनको दाबी छ । उनले युवाहरु भ्विष्यका कर्णधार नभई वर्तमानका साझेदार भएको भन्दै उनीहरुलाई संविधानमा उल्लेखित सबै हकहरू उपयोग गर्ने वातावरण मिलाउने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित समाचार

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको प्रस्ताव सार्वजनिक
प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको प्रस्ताव सार्वजनिक
  • २०८२ फाल्गुन ७, १४: २८

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई ले संविधान संशोधनसम्बन्धी विस्तृत प्रस्ताव सार्वजनिक गरेका छन् । ‘संविधान संशोधन...

चैतमा ९ सय विपद्का घटना, ३० जनाको मृत्यु
चैतमा ९ सय विपद्का घटना, ३० जनाको मृत्यु
  • २०८२ फाल्गुन ७, १४: २८

काठमाडौं : गत चैतमा विपद्का घटनामा परी  देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ । आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवी...

पुनः सुचारुको पर्खाइमा ऐतिहासिक जनकपुर चुरोट कारखाना
पुनः सुचारुको पर्खाइमा ऐतिहासिक जनकपुर चुरोट कारखाना
  • २०८२ फाल्गुन ७, १४: २८

जनकपुरधाम। करिब ६२ वर्षअघि सञ्चालनमा आएको देशकै एकमात्र चुरोट उद्योग जनकपुर चुरोट कारखाना लिमिटेड पुनः सञ्चालनको पर्खाइमा रहेको छ। राजनीतिक...