१० लाख वार्षिक आम्दानीसम्म कर छुट दिने कांग्रेसको प्रतिज्ञा – Naya Bikalpa
April 23, 2026, Thursday      Epaper

१० लाख वार्षिक आम्दानीसम्म कर छुट दिने कांग्रेसको प्रतिज्ञा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २१ फागुनको निर्वाचनपछि आफ्नो सरकार बने व्यक्तिगत आयकरमा व्यापक सुधार गर्ने घोषणा गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित पार्टीको चुनावी प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् । उनले वार्षिक १० लाखसम्मको आम्दानीमा कर नलगाउने घोषणा प्रतिज्ञा गरे ।

अहिले ३० प्रतिशतसम्म रहेको व्यक्तिगत आयकरलाई अधिकतम २५ प्रतिशतमा झार्ने उनले प्रतिज्ञा गरे । करका सबै प्रकारका दरहरुलाई सरलीकृत गर्ने पार्टीको योजना रहेको उनले सुनाए ।

उनले भने, ‘नेपाललाई विदेशी लगानीको आकर्षणको केन्द्र बनाउने भाषणले मात्र लगानी आउँदैन । यसको लागि हामीले नीतिमै सुधार गर्न आवश्यक छ । हामी १० लाखसम्मको व्यक्तिगत आम्दानीमा कर नलगाउने प्रतिज्ञा गर्छौं ।’

उनले संविधान कार्यान्वयनका लागि प्रतिबद्ध रहेको पनि बताए ।

सम्बन्धित समाचार

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको प्रस्ताव सार्वजनिक
प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको प्रस्ताव सार्वजनिक
  • २०८२ फाल्गुन ७, १४: ४६

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई ले संविधान संशोधनसम्बन्धी विस्तृत प्रस्ताव सार्वजनिक गरेका छन् । ‘संविधान संशोधन...

चैतमा ९ सय विपद्का घटना, ३० जनाको मृत्यु
चैतमा ९ सय विपद्का घटना, ३० जनाको मृत्यु
  • २०८२ फाल्गुन ७, १४: ४६

काठमाडौं : गत चैतमा विपद्का घटनामा परी  देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ । आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवी...

पुनः सुचारुको पर्खाइमा ऐतिहासिक जनकपुर चुरोट कारखाना
पुनः सुचारुको पर्खाइमा ऐतिहासिक जनकपुर चुरोट कारखाना
  • २०८२ फाल्गुन ७, १४: ४६

जनकपुरधाम। करिब ६२ वर्षअघि सञ्चालनमा आएको देशकै एकमात्र चुरोट उद्योग जनकपुर चुरोट कारखाना लिमिटेड पुनः सञ्चालनको पर्खाइमा रहेको छ। राजनीतिक...