एमालेलाई धक्का : पूर्वमन्त्री मानन्धरसहित दर्जनौं नेता कांग्रेसमा प्रवेश – Naya Bikalpa
April 23, 2026, Thursday      Epaper

एमालेलाई धक्का : पूर्वमन्त्री मानन्धरसहित दर्जनौं नेता कांग्रेसमा प्रवेश

काठमाडौं : प्रतिनिधिसभा चुनाव नजिकिँदै जाँदा नेकपा (एमाले)लाई धक्का लागेको छ। फागुन २१ गते हुने निर्वाचनअघि एमालेका पूर्वमन्त्री तथा प्रभावशाली नेताहरूले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित ‘प्रतिज्ञापत्र’ सम्बन्धी खुला प्रश्नोत्तर कार्यक्रमपछि कांग्रेस सभापति गगन थापाले पूर्वमन्त्री रामवीर मानन्धरलाई पार्टीमा स्वागत गरेका हुन्।

काठमाडौं–७ बाट तीन पटक प्रतिनिधित्व गरिसकेका मानन्धर २०७४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। लामो समय एमालेमा सक्रिय रहेका उनी पछिल्लो समय निष्क्रिय देखिँदै आएका थिए। उनको कांग्रेस प्रवेशलाई राजधानीको राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ।

यसैक्रममा एमाले रसुवाका पूर्वअध्यक्ष तथा संविधानसभा सदस्य जनार्दन ढकालसहित स्थानीय तहका नेता–कार्यकर्ता पनि कांग्रेसमा समाहित भएका छन्। स्रोतका अनुसार ढकालसहित सय जना भन्दा बढीले एकैपटक कांग्रेसको सदस्यता लिएका छन्।

त्यस्तै, नेकपाका केन्द्रीय सदस्य दीपक केसी र काठमाडौं–५ बाट उम्मेदवारका आकांक्षी डा. प्रणयशम्शेर राणा पनि कांग्रेसमा प्रवेश गरेका छन्।

चुनावको मुखमै प्रभावशाली नेताहरूको पलायन भएपछि एमालेको संगठनात्मक बलमा असर पर्ने आकलन गरिएको छ। विशेषगरी काठमाडौं र रसुवाजस्ता रणनीतिक क्षेत्रमा देखिएको यो फेरबदलले आगामी निर्वाचन परिणाममा प्रभाव पार्न सक्ने राजनीतिक वृत्तमा चर्चा छ।

कांग्रेसले भने यसलाई पार्टीप्रति बढ्दो भरोसाको संकेतका रूपमा व्याख्या गरेको छ। सभापति थापाले पार्टीलाई वैकल्पिक शक्ति बनाउने अभियानमा सबैलाई एकताबद्ध हुन आह्वान गरेका थिए।

सम्बन्धित समाचार

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको प्रस्ताव सार्वजनिक
प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको प्रस्ताव सार्वजनिक
  • २०८२ फाल्गुन ७, १७: ५४

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई ले संविधान संशोधनसम्बन्धी विस्तृत प्रस्ताव सार्वजनिक गरेका छन् । ‘संविधान संशोधन...

चैतमा ९ सय विपद्का घटना, ३० जनाको मृत्यु
चैतमा ९ सय विपद्का घटना, ३० जनाको मृत्यु
  • २०८२ फाल्गुन ७, १७: ५४

काठमाडौं : गत चैतमा विपद्का घटनामा परी  देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ । आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवी...

पुनः सुचारुको पर्खाइमा ऐतिहासिक जनकपुर चुरोट कारखाना
पुनः सुचारुको पर्खाइमा ऐतिहासिक जनकपुर चुरोट कारखाना
  • २०८२ फाल्गुन ७, १७: ५४

जनकपुरधाम। करिब ६२ वर्षअघि सञ्चालनमा आएको देशकै एकमात्र चुरोट उद्योग जनकपुर चुरोट कारखाना लिमिटेड पुनः सञ्चालनको पर्खाइमा रहेको छ। राजनीतिक...