
बिदुर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटका नेता अशोककुमार थापाले पार्टी परित्याग गरेका छन्।
शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टी विचार र सिद्धान्तबाट च्यूत हुँदै गएको आरोप लगाएका छन्। उनले नेतृत्व नीतिका आधारमा होइन, ‘आशीर्वाद’का आधारमा चयन हुन थालेको दाबी गर्दै यस्तो अवस्थाले पार्टीलाई अलोकतान्त्रिक दिशातर्फ धकेलेको उल्लेख गरेका छन्।
थापाले संगठन निर्माणमा रातदिन खटिएका कार्यकर्तालाई पाखा लगाउने प्रवृत्ति बढ्दै गएको र त्यसका लागि एउटा ‘तत्काल क्रियाशील समूह’ सक्रिय रहेको टिप्पणी पनि गरेका छन्। पार्टीको आन्तरिक अभ्यास पूर्ण रूपमा अलोकतान्त्रिक बन्दै गएको अवस्थामा पार्टीमा बसिरहनु उपयुक्त नदेखिएको उनले फेसबुकमा लेखेका छन्।
नुवाकोट क्षेत्र नम्बर २ अन्तर्गत विशेषगरी बिदुर नगर क्षेत्रमा लोकप्रिय मानिने थापा २०७९ सालको निर्वाचनयता रास्वपा नुवाकोटको जिल्ला सदस्य तथा बिदुर नगर इन्चार्जको जिम्मेवारीमा सक्रिय थिए। उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार सुमनबिक्रम पाण्डे निकट मानिन्थे।
थापाको पार्टी बर्हिगमनलाई नुवाकोटको स्थानीय राजनीतिक समीकरणमा अर्थपूर्ण रूपमा हेरिएको छ।
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई ले संविधान संशोधनसम्बन्धी विस्तृत प्रस्ताव सार्वजनिक गरेका छन् । ‘संविधान संशोधन...
काठमाडौं : गत चैतमा विपद्का घटनामा परी देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ । आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवी...
जनकपुरधाम। करिब ६२ वर्षअघि सञ्चालनमा आएको देशकै एकमात्र चुरोट उद्योग जनकपुर चुरोट कारखाना लिमिटेड पुनः सञ्चालनको पर्खाइमा रहेको छ। राजनीतिक...