रास्वपा मकवानपुरका सभापति पराजुली कांग्रेसमा फर्किए – Naya Bikalpa
April 23, 2026, Thursday      Epaper

रास्वपा मकवानपुरका सभापति पराजुली कांग्रेसमा फर्किए

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुलीले पार्टी परित्याग गर्दै पुरानै दल नेपाली कांग्रेसमा फर्किएका छन् ।

सोमबार बिहान सर्लाहीमा आयोजित कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापाले पराजुलीलाई पार्टीमा स्वागत गरेका हुन् । रास्वपा मकवानपुरले हेटौंडा–४ हुप्रचौरमा सभा गर्न लागेका बेला पराजुली भने सर्लाही पुगेर कांग्रेस प्रवेश गरेका हुन् । उनीसहित रास्वपा मकवानपुरका केही नेताहरू आइतबार राति नै सर्लाही पुगेको जनाइएको छ ।

कांग्रेस प्रवेशपछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पराजुलीले रास्वपा नेतृत्व शैलीप्रति असन्तुष्टि जनाएका छन् । उनले पार्टीभित्र सीमित व्यक्तिहरूको प्रभाव बढ्दै गएको, आलोचनालाई अस्वीकार गर्ने प्रवृत्ति मौलाउँदै गएको तथा आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको आरोप लगाए । आफूहरूले बुझेको उद्देश्य, मूल्य र आदर्श व्यवहारमा विपरीत दिशामा गएको महसुस भएपछि पार्टी छाड्ने निर्णय गरेको उनको भनाइ छ ।

मनहरी गाउँपालिका निवासी पराजुली करिब तीन दशकदेखि राजनीतिमा सक्रिय छन् । उनी ६ मंसिर २०८१ मा सम्पन्न रास्वपाको पहिलो जिल्ला भेलाबाट सर्वसम्मत रूपमा पुनः सभापति चयन भएका थिए। कांग्रेस त्यागेर रास्वपामा नेतृत्व सम्हालेका उनी अहिले पुनः कांग्रेसमै फर्किएका हुन् ।

सम्बन्धित समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
  • २०८२ फाल्गुन ११, ११: ४५

काठमाडौं : सरकारले काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने तत्कालीन...

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको प्रस्ताव सार्वजनिक
प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको प्रस्ताव सार्वजनिक
  • २०८२ फाल्गुन ११, ११: ४५

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई ले संविधान संशोधनसम्बन्धी विस्तृत प्रस्ताव सार्वजनिक गरेका छन् । ‘संविधान संशोधन...

चैतमा ९ सय विपद्का घटना, ३० जनाको मृत्यु
चैतमा ९ सय विपद्का घटना, ३० जनाको मृत्यु
  • २०८२ फाल्गुन ११, ११: ४५

काठमाडौं : गत चैतमा विपद्का घटनामा परी  देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ । आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवी...