
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नं. ४ का लागि आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्।
पार्टीको सिंगो प्रतिज्ञा पत्र सार्वजनिक गरेको पाँच दिनपछि थापाले स्थानीय पूर्वाधार सुधारदेखि शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, महिला सशक्तिकरण र बाढी नियन्त्रणसम्मका कार्यक्रमलाई प्राथमिकतामा राख्दै प्रतिज्ञा सार्वजनिक गरेका हुन्।
थापाले मतदातालाई सम्बोधन गर्दै मधेसको माटो लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण आधारभूमि रहेको उल्लेख गरेका छन्। उनले मधेसका मुद्दालाई राष्ट्रिय प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।
उनले आफू सर्लाही आउनुअघि हुलाकी राजमार्ग संवाद कार्यक्रमका क्रममा यहाँका गाउँबस्तीमा पुगेको बताए भन्दै सो क्रममा अलपत्र पुल, डुबानको समस्या, कमजोर सडक तथा आधारभूत सेवाको अभावजस्ता समस्याहरू नजिकबाट देखेको उल्लेख गरेका छन्। विभिन्न समुदायका नागरिकसँग छलफलपछि स्थानीय समस्या समाधानका लागि योजना तयार गरिएको उनले बताएका छन्।
स्थानीय नागरिकबाट पुल निर्माण, बाँध मर्मत, डुबान नियन्त्रण, सडक, नहर, ढल निकास, खानेपानी, सिँचाइ, कृषि भण्डारण लगायतका समस्या बारम्बार उठेको उल्लेख गर्दै उनले संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
थापाले विभिन्न ९ ओटा अभियानलाई बुँदागत रूपमा समेट्दै प्रतिज्ञा पत्र सार्वजनिक गरेका हुन्।
थापाले ‘कापी कलम अभियान’ अन्तर्गत गणित, विज्ञान र अंग्रेजी शिक्षकको व्यवस्था, विद्यालयलाई प्रविधिमैत्री बनाउने, विपन्न तथा दलित समुदायका विद्यार्थीलाई छात्रवृत्ति दिने, मातृभाषामा शिक्षा सुनिश्चित गर्ने र प्राविधिक शिक्षा विस्तार गर्ने योजना प्रस्तुत गरेका छन्। साथै छोरीहरूको शिक्षालाई प्रोत्साहन गर्न ‘सबल छोरी अभियान’ सञ्चालन गरिने उनले बताएका छन्।
काठमाडौं : सरकारले काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने तत्कालीन...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई ले संविधान संशोधनसम्बन्धी विस्तृत प्रस्ताव सार्वजनिक गरेका छन् । ‘संविधान संशोधन...
काठमाडौं : गत चैतमा विपद्का घटनामा परी देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ । आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवी...