महिला हकहित र जेनजीको आवाज संसदमा पुर्‍याउन नानू जस्ती जेनजी नेतृलाई चुनावमा उठाएका छौं : कांग्रेस उपसभापति भुषाल – Naya Bikalpa
April 17, 2026, Friday      Epaper

महिला हकहित र जेनजीको आवाज संसदमा पुर्‍याउन नानू जस्ती जेनजी नेतृलाई चुनावमा उठाएका छौं : कांग्रेस उपसभापति भुषाल

काठमाडौं : नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुषाल गौतमले महिला हकहित र जेन-जीको आवाज संसदमा पुर्‍याउन पार्टीले नानू बास्तोलालाई उम्मेदवार बनाएको बताएकी छिन् ।

काठमाडौं क्षेत्र नम्बर ९ की कांग्रेस उम्मेदवार बास्तोलाको प्रचारप्रसारका क्रममा उनले महिला हित र जेन-जीको आवाज पुर्याउन नानू नै उपयुक्त उम्मेदवार भएको बताइन् ।

उनले भनिन्, ‘बेरोजगारी, हिंसा र विभेदलाई घटाउँदै महिला दिदीबहिनीहरूको श्रमलाई राष्ट्रिय आयसँग जोड्न र बलियो अर्थतन्त्र बनाउने नीति कांग्रेसले आफ्नो प्रतिज्ञा पत्रमा ल्याएको छ । कांग्रेस एक्लै चुनाव लड्ने र निर्णायक ठाउँमा महिला उम्मेदवारहरू बढीभन्दा बढी उठाउने प्रतिबद्धता व्यक्त गर्दछु । यो क्षेत्रमा नानू बास्तोलाको जित सुनिश्चित भएको हुँदा उहाँ एक विकासप्रेमी लोकप्रिय र सुशासनको पक्षधर नेता भएकाले अग्रिम शुभकामना व्यक्त गर्दछु ।’

उपसभापति भुषालले जेन-जी पुस्ताले राखेका सबै माग जायज भएको तर उनीहरूको नामबाट भदौ २४ गते भएको विध्वंश भने सधैं निन्दायोग्य रहेकोसमेत बताइन् ।

उनले निर्वाचन पश्चात् कांग्रेसले सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणसँगै ध्वस्त संरचना पुनःनिर्माण गर्ने पूर्ण प्रतिबद्धतासमेत व्यक्त गरेकी छिन् ।

उनले महिला दिदीबहिनीहरूलाई आह्वान गर्दै भनिन्,’दिदीबहिनीहरूले त्यो ध्वस्त संरचनाको खरानीको टीका आफ्नो निधारमा टाँसी हामी द्वन्द्व होइन शान्ति र सुशासनको पक्षमा छौँ भन्दै नेपाली कांग्रेसको प्रचारप्रसारमा लाग्न अनुरोध गर्दछु।’

सम्बन्धित समाचार

करको दर पुनरावलोकन गरी पेट्रोलियम पदार्थको मूल्य घटाउ :कांग्रेस
करको दर पुनरावलोकन गरी पेट्रोलियम पदार्थको मूल्य घटाउ :कांग्रेस
  • २०८२ फाल्गुन १३, १२: ५०

काठमाडौँ।नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेको भन्दै घटाउन माग गरेको छ । त्यसका लागि करका दरहरू पुनरावलोकन गर्न कांग्रेसले...

इजरायल र लेबनानबीच १० दिने युद्धविरामको सहमति
इजरायल र लेबनानबीच १० दिने युद्धविरामको सहमति
  • २०८२ फाल्गुन १३, १२: ५०

इजरायल र लेबनानबीच १० दिने युद्धविरामको सहमति भएको छ । बिहीबार साँझदेखि लागु हुने गरी दुई देशबीच युद्धविरामको सहमति भएको...

वैशाख कृष्ण औंसी आज, आमाको मुख हेर्ने पर्व मनाइँदै
वैशाख कृष्ण औंसी आज, आमाको मुख हेर्ने पर्व मनाइँदै
  • २०८२ फाल्गुन १३, १२: ५०

काठमाडौं : प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर...