
इलाम : इलाम फाकफोकथुम गाउँपालिकाकी पूर्व उपाध्यक्ष एवम् नेकपा एमालेको समानुपातिक तर्फकी उमेदवार सरस्वती राई सरुको विरुद्धमा बैदेशीक रोजगारीको ठगीको गम्भीर आरोप लागेको छ । राईले विभिन्न समयमा कोरीया लाने भनी गाउँपालिकाका विभिन्न व्यक्तिबाट लाखौं पैसा लिएको तर हाल सम्म पनि रकम नतिरेको पीडितले आरोप लगाएका छन् । पटक पटक ताकेता गर्दा पनि रकम नपाएपछि पीडितहरुले नेकपा एमाले जिल्ला सचिवालयमा उजुर गरेका छन् ।
आफ्नी बहिनीलाई कोरीया लाने भनेर २०८० माघ ०७ गते सरस्वती राईको बैक खातामा तीन लाख हालीदिएको तर अहिले सम्म पनि कोरीया पठाउने टुँगो नलागेको र पैसाको साँवा व्याज पनि नपाएको भनी पीडितले उजुर गरेका हुन् । उजुर पछि नेकपा एमालेको जिल्ला पार्टि कार्यालयमा फागुन १२ गते मंगलबार छलफल भएको थियो । पीडितको मागलाई अझै बेवास्ता गर्दै नेकपा एमाले जिल्ला सचिवालय सदस्य समेत रहेकी राईले पैसा जति उतै पठाएको र उताबाट आएपछि दिने भनेकी छिन । पार्टीको छलफलका क्रममा विभिन्न नेताले राईलाई कागज गरेर पैसा फिर्ता दिन दवाव दिएपनि उनले नमानेको श्रोतले जनाएको छ ।
छलफलका क्रममा केहि नेताहरुले तपाइले व्यवहारीक कुरा गरेर मिलाउनुहोस भनेर सम्झाउन खोजेपनि कुनै हालतमा पैसा फिर्ता गर्न नमानेको बताइएको छ । राईले करिव ३४ जनाबाट तीन लाखका दरले बुझाएको रकम अझैसम्म फिर्ता नगरेको र यो काण्ड अहिलेका आइजीपी र पहिलेका आइजीपीलाई पनि थाहा पाएको दावि गर्दै पीडितहरुलाई झुलाइरहेको पाइएको छ । सो क्रममा उनले राजदुत दिदीसँग पटक पटक गफ भएको पनि खुलाएकी छन् ।
राईले पीडितहरुसँग गरेको च्याट पनि यो अनलाईनले प्राप्त गरेको छ । पटक पटकको वार्तामा राईले “म सँग त्यो मान्छेलाई बुझाएको रकमको पुरै सबुत प्रमाण छ । के प्रयोजनका लागि को को व्यक्तिबाट कति कति रकम संकलन गरेर बmुभएको भन्ने कागजमै खुलाएको छ कमरेड… भनेर उल्लेख गरेकी छन् ।
उनले त्यहि च्याटमा “अझै पनि म निरन्तर लागिरहेकै छु । सबैको पैसा एकमुष्ट डुबेको छ, सबैले धैर्य गरेर चुनावमा लागि परेका छन् तर तपाई चाहिँ यहि मौकामा घाँटी अठ्याउनु पर्ने कमरेड ?“ भनेर उल्टै धम्कीपुर्ण भाषामा उत्तर दिएकी छन् । यस्तै उनले केहि एमाले नेताहरुसँगको च्याटमा जबरजस्ती गरेर उजुरीमा जान्छन् भने नछेक्नु जाउन लेखेकी छन् । आफै भोग्छन् ….बैदेशिक विभाग सम्बन्धि छानबीनको लागि बैदेशीक विभाग काठमाडौं मै पुग्नुपर्छ । तिनीहरुको तीन लाखको लाखौं खर्च भएको बेला थाहा पाउँछन् । अरुको उक्साहटमा लागेर उजुरीमा जानेलाई छेक्नुहुन्न राइले उल्लेख गरेकी छन् ।
राइले आफू उपाध्यक्ष भएका बेला सरकारी गाडि प्रयोग गर्न नपाएको भनी तत्कालीन अध्यक्षलाई दुव्र्यवहार गरेको सार्वजनिक भएको थियो । पार्टी अध्यक्ष केपी ओली निकट राईको नेपाल कम्पयुनिष्ट पार्टी एमालेको आदिवासी जनजाति कोटामा १६ नम्बरमा समानुपातिक प्रणाली तर्फका उमेद्धारको अन्तिम बन्दसुचिमा नाम समावेस छ ।
बागलुङ : बागलुङको बडिगाड गाउँपालिका–७ मा भिमगिठे स्वास्थ्य चौकी निर्माणको औपचारिक शिलान्यास गरिएको छ। स्वास्थ्य चौकीको शिलान्यास बडिगाड गाउँपालिकाका अध्यक्ष...
काठमाडौं : सर्वोच्च अदालतले पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ । बिहीबार सर्वोच्चकी कामु...
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौंका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर...