सुनको मूल्य घट्यो, चाँदीको बढ्यो – Naya Bikalpa
March 11, 2026, Wednesday      Epaper

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँः आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मोलमा सामान्य बढोत्तरी भएको छ । बिहीबारको तुलनामा सुनको मूल्य रु ५०० ले घटेको छ भने चाँदीको मोल रु १५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १४ हजार ९०० र एक तोलाको चाँदीको मोल रु पाँच हजार ७४० कायम भएको छ । बिहीबार प्रतितोला सुन रु तीन लाख १५ हजार ४०० र एक तोला चाँदीको मोल रु पाँच हजार ७२५ निर्धारण भएको थियो ।

गत बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ९०० र एक तोला चाँदीको मोल रु पाँच हजार ५८५ निर्धारण भएको छ । गत सोमबार एक तोला छापावाल सुन रु तीन लाख १३ हजार ५०० र एक तोला चाँदी रु पाँच हजार ५९५ मा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १८७ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह
ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह
  • २०८२ फाल्गुन १५, ११: ४८

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न आग्रह गरेको छ । निगमले...

नेप्सेमा ४६.७८ अंकको गिरावट, १३ अर्ब १८ करोडको कारोबार
नेप्सेमा ४६.७८ अंकको गिरावट, १३ अर्ब १८ करोडको कारोबार
  • २०८२ फाल्गुन १५, ११: ४८

काठमाडौं । धितोपत्र मापक नेप्से परिसूचक दोस्रो दिन पनि उच्च अंकले घटेको छ ।  हिजो ३२.८ अङ्कले घटेको शेयर बजार...

दीपक मनाङे कारागारबाट छुटे
दीपक मनाङे कारागारबाट छुटे
  • २०८२ फाल्गुन १५, ११: ४८

काठमाडौं : गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) कारागारबाट छुटेका छन् । मनाङे कैद सजाय भुक्तान गरेर बुधबार डिल्लीबजार...