
काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न र आफ्नो गाउँ-ठाउँको प्रतिनिधि छनोट गर्न काठमाडौं उपत्यकाबाट बाहिरिने सर्वसाधारणको संख्यामा वृद्धि भएको छ ।
निर्वाचनको मिति नजिकिँदै गर्दा संघीय राजधानीका प्रमुख नाका र बसपार्कहरूमा गाउँ फर्किनेहरूको लर्को लागेको छ । जसले मुलुकमा चुनावी माहोल उत्कर्षमा पुगेको संकेत गर्दछ ।
नयाँ बसपार्क (गोंगबु) र कलंकी क्षेत्रमा बिहानैदेखि यात्रुहरूको बाक्लो उपस्थिति देखिएको छ । विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेश प्रदेश जाने यात्रुहरूको संख्या उल्लेख्य रहेको छ ।
निर्वाचनलाई लोकतन्त्रको महापर्वको रूपमा लिँदै मतदाताहरूले आफ्नो व्यस्ततालाई थाँती राखेर गाउँ जाने बाटो रोजेका छन् ।
इजरायल र लेबनानबीच १० दिने युद्धविरामको सहमति भएको छ । बिहीबार साँझदेखि लागु हुने गरी दुई देशबीच युद्धविरामको सहमति भएको...
काठमाडौं : प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर...
बागलुङ : बागलुङको बडिगाड गाउँपालिका–७ मा भिमगिठे स्वास्थ्य चौकी निर्माणको औपचारिक शिलान्यास गरिएको छ। स्वास्थ्य चौकीको शिलान्यास बडिगाड गाउँपालिकाका अध्यक्ष...