यी कागजातको सक्कलप्रति देखाए पाइनेछ मतदान गर्न – Naya Bikalpa
April 17, 2026, Friday      Epaper

यी कागजातको सक्कलप्रति देखाए पाइनेछ मतदान गर्न

काठमाडौं : बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने निर्वाचन आयोगले स्पष्ट पारेको छ ।

मतदाता परिचयपत्रको सक्कलप्रति नभएमा नेपाली नागरिकता, नागरिकता नभएमा सवारी चालक अनुमतिपत्र, चालक अनुमतिपत्र नभएमा राहदानी, राहदानी नभएमा राष्ट्रिय परिचयपत्र, राष्ट्रिय परिचयपत्र पनि नभएमा जग्गा धनी प्रमाण पुर्जाको सक्कलप्रति बोेकेर मतदान केन्द्र जान सकिने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिए । आयोगले तोकेका छ प्रकारका कागजातमध्ये कुनै एक अनिवार्य लिएर मतदान केन्द्र गएमा मतदान गर्न सकिने उनले स्पष्ट पारे ।

भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र छन् भने १४३ अस्थायी मतदानस्थल छन् । ती केन्द्रमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाताले मतदान गर्ने आयोगले जनाएको छ ।

सम्बन्धित समाचार

भारत सरकारको सहयोगमा बागलुङमा निर्माण हुन लागेको स्वास्थ्य चौकीको शिलान्यास
भारत सरकारको सहयोगमा बागलुङमा निर्माण हुन लागेको स्वास्थ्य चौकीको शिलान्यास
  • २०८२ फाल्गुन २०, १७: ०४

बागलुङ : बागलुङको बडिगाड गाउँपालिका–७ मा भिमगिठे स्वास्थ्य चौकी निर्माणको औपचारिक शिलान्यास गरिएको छ। स्वास्थ्य चौकीको शिलान्यास बडिगाड गाउँपालिकाका अध्यक्ष...

दीपक खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
दीपक खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
  • २०८२ फाल्गुन २०, १७: ०४

काठमाडौं : सर्वोच्च अदालतले पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ । बिहीबार सर्वोच्चकी कामु...

काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०८२ फाल्गुन २०, १७: ०४

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौंका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर...