प्रधानमन्त्री बालेन र राष्ट्र बैंकका गभर्नर पौडेलबीच भेटवार्ता – Naya Bikalpa
March 31, 2026, Tuesday      Epaper

प्रधानमन्त्री बालेन र राष्ट्र बैंकका गभर्नर पौडेलबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलबीच सोमबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री कार्यालयमा भएको करिब एक घण्टा लामो भेटमा समग्र आर्थिक अवस्था, बैंकिङ क्षेत्रका चुनौती, रेमिट्यान्सको प्रवाह तथा बाह्य क्षेत्रको अवस्थाबारे छलफल भएको बताइएको छ । गभर्नरका स्वकीय सचिव शरणकुमार अधिकारीका अनुसार यो भेट औपचारिक परिचयका रूपमा भए पनि विभिन्न आर्थिक विषयमा संक्षिप्त कुराकानी भएको थियो ।

भेटका क्रममा प्रधानमन्त्री शाहले केन्द्रीय बैंक स्वतन्त्र रूपमा सञ्चालन हुनुपर्नेमा जोड दिँदै गभर्नर पौडेललाई कुनै दबाब वा प्रभावमा नपरी काम गर्न आग्रह गरेका छन् । उनले ऋण दुरुपयोग, सम्पत्ति शुद्धीकरणजस्ता अनियमित गतिविधिविरुद्ध कडा रूपमा प्रस्तुत हुनसमेत निर्देशन दिएका छन् । साथै, छोटो अवधिमै देखिने परिणाममुखी कामका लागि समस्या र समाधान पहिचान गर्नुपर्नेमा उनले जोड दिएका थिए ।

प्रधानमन्त्रीले आर्थिक गतिविधि बढाउने ठोस उपायबारे सुझाव अपेक्षा गरेको उल्लेख गर्दै नियुक्ति वा प्रशासनिक विषयमा चिन्ता नगरी काम गर्न गभर्नरलाई आग्रह गरेका थिए । अन्तर्राष्ट्रिय भू–राजनीतिक तनाव, विशेषगरी अमेरिका–इजरायल–इरानबीचको द्वन्द्वले नेपाली अर्थतन्त्रमा पार्न सक्ने प्रभावबारे अध्ययन गर्न पनि उनले निर्देशन दिएका छन् ।

जवाफमा गभर्नर पौडेलले सरकारी खर्च कार्यान्वयनमा देखिएको समस्या समाधान गर्न ठुला पूर्वाधार आयोजना अघि बढाउनुपर्ने धारणा राखेका छन् । उनले काठमाडौं–वीरगञ्ज रेलमार्ग र काठमाडौं–पोखरा फास्टट्र्याकजस्ता परियोजनाबाट आर्थिक गतिविधि तीव्र बनाउन सकिने बताएका छन् । यस्ता आयोजनामा प्रारम्भिक वर्षमै २० देखि ३० अर्ब रुपैयाँसम्म परिचालन गर्न सकिने उनको भनाइ छ ।

भेटमा गभर्नरले लामो समयदेखि रिक्त रहेका डेपुटी गभर्नर नियुक्तिको विषय पनि उठाएका थिए । तर यसबारे प्रधानमन्त्रीको तर्फबाट तत्काल विशेष प्रतिक्रिया नआएको बताइएको छ । हाल नेपाल राष्ट्र बैंक मा दुई डेपुटी गभर्नर पद रिक्त रहेका छन् ।

सम्बन्धित समाचार

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय
छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय
  • २०८२ चैत्र १७, १२: ५१

काठमाडौँ : काठमाडौंका सीडीओ छवि रिजाललाई प्रहरीले हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको छ । उनी जेनजी आन्दोलन हुँदा काठमाडौँको...

कांग्रेसमा संस्थागत प्रक्रिया बाहिर पूर्णबहादुर खड्का समूह, अनुशासन उल्लंघन गरेको भन्दै आलोचना
कांग्रेसमा संस्थागत प्रक्रिया बाहिर पूर्णबहादुर खड्का समूह, अनुशासन उल्लंघन गरेको भन्दै आलोचना
  • २०८२ चैत्र १७, १२: ५१

काठमाडौं : नेपाली कांग्रेसभित्र आन्तरिक विवाद फेरि सतहमा आएको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर...

व्यवसायी दीपक भट्ट अध्यागमनको कालोसूचीमा
व्यवसायी दीपक भट्ट अध्यागमनको कालोसूचीमा
  • २०८२ चैत्र १७, १२: ५१

काठमाडौं : अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राखेको छ । भट्टमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ ।...