
काठमाडौं : नेपाली कांग्रेसभित्र आन्तरिक विवाद फेरि सतहमा आएको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइराला समूहले काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्टमा छुट्टै भेला आयोजना गरेपछि पार्टीभित्रै त्यसको चर्को आलोचना सुरु भएको छ ।
कांग्रेसको उद्गमस्थल रहेको विराटनगरबाट कोइरालाहरूको लिगेसी जोगाउन पूर्ण असफल हुँदै आएका दुई डाक्टररुले यही मिडियामार्फत पनि डाक्टर शेखर कोइरालाले आफू अदालतको निर्णय नआएसम्म निवर्तमान कार्यवहाकले वोलाएको बैठकमा नजाने बताएका थिए । तर शेखरसहित शशांक कोइराला पनि बैठकमा सहभागी भए ।
पार्टीको आधिकारिक संरचना र निर्णय प्रक्रियालाई बेवास्ता गर्दै गरिएको उक्त भेला प्रत्यक्ष रूपमा अनुशासन उल्लंघन भएको भन्दै नेतृत्व पक्षले आपत्ति जनाएको छ । विशेष महाधिवेशनमार्फत गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भइसकेको अवस्थामा पुरानो नेतृत्व समूहले समानान्तर गतिविधि बढाउनु पार्टी एकता विपरीत भएको आरोप लगाइएको छ ।
उक्त भेलामा ६० भन्दा बढी नेताहरू सहभागी थिए । सहभागीहरूमा पार्टीका प्रभावशाली तथा पूर्वपदाधिकारीहरू समेत रहेकाले यस गतिविधिलाई संगठित रूपमा नेतृत्वलाई चुनौती दिने प्रयासका रूपमा हेरिएको छ । पछिल्लो समय असन्तुष्ट समूहले निरन्तर रूपमा समानान्तर बैठक र गतिविधि गर्दै आएको पाइएको छ, जसले पार्टीलाई नै कमजोर पार्ने टिप्पणी हुँदै आएको छ ।
भेलामा संसदीय निर्वाचनको समीक्षा, पार्टीको आन्तरिक अवस्था र आगामी १५औं महाधिवेशनका विषयमा छलफल गरिएको बताइए पनि नेतृत्व पक्षले यसलाई औपचारिक संरचना बाहिरको ‘अराजक अभ्यास’ को संज्ञा दिएको छ ।
कांग्रेसका प्रवक्ता देवराज चालिसेले यस्तो गतिविधिप्रति कडा प्रतिक्रिया जनाउँदै असन्तुष्टिका नाममा समानान्तर अभ्यास गर्नु पार्टीलाई कमजोर बनाउने काम भएको बताए। उनका अनुसार प्रजातान्त्रिक पार्टीभित्र फरक मत स्वाभाविक भए पनि त्यसलाई संस्थागत प्रक्रियाभित्रै व्यक्त गर्नुपर्ने हुन्छ ।
“असहमति व्यक्त गर्ने स्वतन्त्रता छ, तर त्यो मर्यादित र संस्थागत हुनुपर्छ । व्यक्तिगत स्वार्थका आधारमा गरिने समानान्तर गतिविधिले पार्टीलाई क्षति पुर्याउँछ,” उनले भनेका छन् ।
नेतृत्वले यस्ता गतिविधि तत्काल रोक्न चेतावनी दिँदै पार्टीभित्रको विवाद संवादमार्फत समाधान गर्नुपर्नेमा जोड दिएको छ ।
देउवा पक्ष भेलामा सहभागी काङ्ग्रेस नेताहरू
पूर्णबहादुर खड्का
शेखर कोइराला
विमलेन्द्र निधि
प्रकाशमान सिंह
शशांक कोइराला
बद्रि पाण्डे
जीवन परियार
मान बहादुर विश्वकर्मा
मोहन बस्नेत
महेन्द्रा सुब्बा
सरस्वती बजिमया
कल्याणी रिजाल
शारदा पौडेल
पुष्प पराजुली
अर्जुन जंगबहादुर सिंह
आशा विक
सीता राना
राधा घले
रामहरि खतिवडा
जीवनबहादुर शाही
ध्यानगोविन्द रञ्जित
राजीव विक्रम शाही
मानबहादुर नेपाली
सीता देवकोटा
सरस्वती तिवारी
विद्या तिमलसिना
लक्ष्मी खतिवडा
जीवन राना
कान्तिका सेजुवाल
रमा कोइराला
शुशिला मिश्र
डा. रणबहादुर रावल
इश्वरी न्यौपाने
महालक्ष्मी उपाध्याय डिना
अम्बिका बस्नेत
आनन्द ढुंगाना
बलबहादुर केसी
डा मिनेन्द्र रिजाल
एनपी साउद
शिव हुमागाईं
किरण पोडैल
उमेशजंग रायमाझी
जितजंग बस्नेत
गुरु बराल
गणेश लामा
दिपक गिरी
दीलेन्द्र बडू
कुन्दन काफ्ले
श्याम घिमिरे
गेहेन्द्र गिरी
मदनबहादुर अमात्य
गोविन्द भट्टराई
भीम पराजुली
हरिशरण नेपाली
शंकर भण्डारी
सीता गुरुङ
पद्म नारायण चौधरी
कृष्ण किशोर घिमिरे
प्रदीप सुनुवार
शान्ति विक
काठमाडौँ : काठमाडौंका सीडीओ छवि रिजाललाई प्रहरीले हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको छ । उनी जेनजी आन्दोलन हुँदा काठमाडौँको...
काठमाडौं : अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राखेको छ । भट्टमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ ।...
काठमाडौं : नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली को पक्राउविरुद्ध देशव्यापी आन्दोलन घोषणा गरेको छ । मंगलबार च्यासलस्थित पार्टी...