एमालेद्वारा ओली पक्राउको विरोधमा थप आन्दोलन घोषणा, देशव्यापी प्रदर्शन गर्ने – Naya Bikalpa
March 31, 2026, Tuesday      Epaper

एमालेद्वारा ओली पक्राउको विरोधमा थप आन्दोलन घोषणा, देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं : नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली को पक्राउविरुद्ध देशव्यापी आन्दोलन घोषणा गरेको छ । मंगलबार च्यासलस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले आन्दोलनका चरणबद्ध कार्यक्रम सार्वजनिक गर्दै संगठनमार्फत जनपरिचालन बढाउने रणनीति अघि सारेको हो ।

बैठकले अध्यक्ष ओली र पूर्व गृहमन्त्री रमेश लेखकको गिरफ्तारीलाई ‘प्रतिशोधपूर्ण’ भन्दै त्यसको विरोधमा गरिएको शान्तिपूर्ण प्रदर्शनमाथि सरकारले प्रहरी प्रयोग गरी दमन गरेको निष्कर्ष निकालेको छ । सोही कारण आन्दोलनलाई थप सशक्त र संगठित बनाउने निर्णय गरिएको एमालेले जनाएको छ ।

घोषित कार्यक्रमअनुसार चैत २५ गतेसम्म जिल्ला तहमा बृहत् भेला गरिनेछ भने चैत २८ गते देशभरका ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन आयोजना गरिनेछ । त्यसपछि वैशाख ३ गते वडा तहमा व्यापक भेला गर्ने, वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने र वैशाख १२ गते काठमाडौं केन्द्रित विशाल विरोध सभा गर्ने कार्यक्रम तय गरिएको छ ।

एमालेले आन्दोलनलाई प्रभावकारी बनाउन पार्टीका जनसंगठनहरूलाई समेत सक्रिय रूपमा परिचालन गर्ने निर्णय गरेको छ । विद्यार्थी तथा पेशागत संगठनसँग सम्बन्धित सरकारी गतिविधिलाई पनि आन्दोलनका एजेन्डामा समेटिने बताइएको छ । यसैक्रममा जनसंगठन संयन्त्रको बैठक बोलाइएको छ ।

सर्वपक्षीय संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीन बहादुर शाही लाई जिम्मेवारी दिइएको छ । त्यस्तै, संसदभित्र प्रभावकारी समन्वय र प्रस्तुतिका लागि उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव पद्मा अर्याल लाई जिम्मा तोकिएको छ ।

सम्बन्धित समाचार

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय
छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय
  • २०८२ चैत्र १७, १६: ०४

काठमाडौँ : काठमाडौंका सीडीओ छवि रिजाललाई प्रहरीले हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको छ । उनी जेनजी आन्दोलन हुँदा काठमाडौँको...

कांग्रेसमा संस्थागत प्रक्रिया बाहिर पूर्णबहादुर खड्का समूह, अनुशासन उल्लंघन गरेको भन्दै आलोचना
कांग्रेसमा संस्थागत प्रक्रिया बाहिर पूर्णबहादुर खड्का समूह, अनुशासन उल्लंघन गरेको भन्दै आलोचना
  • २०८२ चैत्र १७, १६: ०४

काठमाडौं : नेपाली कांग्रेसभित्र आन्तरिक विवाद फेरि सतहमा आएको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर...

व्यवसायी दीपक भट्ट अध्यागमनको कालोसूचीमा
व्यवसायी दीपक भट्ट अध्यागमनको कालोसूचीमा
  • २०८२ चैत्र १७, १६: ०४

काठमाडौं : अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राखेको छ । भट्टमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ ।...