
नयाँ विकल्प
काठमाडाैं- आइतबार बिहान सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ स्थित नाकुचे (गुमथाङ्ग), डांडागाउं, नेवार टोल र बिक टोलमा पहिराेमा परि अहिले सम्म ११ जनाको शव फेला परेको छ ।
मृत्यु हुनेमा ३ पूरुष, ७ महिला तथा एक बालक शव फेला परेकाे छ । पहिरोमा परी ३१ जना बेपत्ता द छन् । मृतक तथा वेवत्ताकाे खाेजीमा नेपाली सेना निरन्तर खोज तथा उद्धार कार्यको खटिएकाे छ ।
उद्धार कार्यको लागि स्थानिय र अन्य सुरक्षा निकायहरुको सहभागितामा नेपाली सेनाको गोरख बक्स गणले पुनः साेमबार बिहान देखि खोज तथा उद्धार कार्य जारी राखेको छ । पहिरोले २२ घरमा पूर्ण रुपमा क्षति पुर्याएकाे छ ।
नेपाली सेनाले डांडागाउंबाट घाईते ३ जनालाई उपचारको लागि बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा पठाएको छ । साे स्थानमा २० जना बेपत्ता काे खोजि कार्य भईरहेको नेपाली सेनाले जनाएकाे छ । साेमबार ११ बजे सम्म उक्त क्षेत्रमा गएको पहिरोबाट प्रभावित ईलाकाको स्थलगत अवलोकन गर्न नेपाली सेनाका श्री नं.२६ बाहिनीपति सहायक रथी श्री विष्णु राउतले पहिरोवाट प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।
बाह्रबिसे नगरपालिका-७ नाकुचे (गुमथाङ्ग), डांडागाउं, नेवार टोल र बिक टोलमा खोज तथा उद्धार कार्यको लागी ५० जनाकाे टाेलि परिचाल गरिएकाे नेपाली नेपाली सेनाले जनाएकाे छ ।









काठमाडौं । झापाको कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्। विद्यापानी माध्यमिक विद्यालयको...
काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...