एमाले सांसद भण्डारी राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

एमाले सांसद भण्डारी राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित

काठमाडौं : नेकपा एमालेकी सांसद लिलाकुमारी भण्डारी राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन् ।

सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद प्रेमप्रसाद दंगालले राखेको सांसद भण्डारीलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । भण्डारी राष्ट्रिय सभाको उपाध्यक्ष निर्विरोध निर्वाचित भएको राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे ।

त्यस अवसरमा उनले नवनिर्वाचित उपाध्यक्ष भण्डारीलाई बधाई दिँदै कार्यकालको सफलताको शुभकामना पनि व्यक्त गरे । एमाले सांसद भण्डारी नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)लगायतका सबै दलहरुको सहमतिमा उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी हुन् ।

उनले संविधान सभा सदस्य र शिक्षा, विज्ञान तथा प्रविधिराज्यमन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेकी छन् ।

सम्बन्धित समाचार

सुनचाँदीको मूल्यमा केही गिरावट
सुनचाँदीको मूल्यमा केही गिरावट
  • २०८२ चैत्र २३, १४: २१

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु...

सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो : सल्लाहकार शाह
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो : सल्लाहकार शाह
  • २०८२ चैत्र २३, १४: २१

काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले कानुनी जटिलताका कारण जनसरोकारका काम नरोकिउन् र जनतालाई प्रदान गर्ने सेवाको प्रवाह...

देशभर आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
देशभर आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
  • २०८२ चैत्र २३, १४: २१

काठमाडौँ । आज देशका अधिकांश सहरमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमानले जनाएको छ। धेरै स्थानमा हल्कादेखि...