मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको हो ।

बैठकमा सहकुलपति एवं स्वास्थ्य मन्त्री किरण थापा, प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, उपकुलपति डा. प्रदीप जवाली, स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतम, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लोकेन्द्र बराललगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

यस्तै, सामाजिक विकास मन्त्रालयका सचिव खुवीराम अधिकारी, आर्थिक मामिला तथा योजना मन्त्रालयका निमित्त सचिव नुमानन्द अधिकारी, प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा. डा. दिनेश कुमार लम्साल, डिन सहप्राध्यापक डा. इन्दिरा अधिकारी, निर्देशक सहप्राध्यापक डा. रामचन्द्र सापकोटा तथा रजिस्ट्रार भीमसागर गुरागाईं लगायतका पदाधिकारीहरू पनि बैठकमा सहभागी भएका थिए ।

बैठकमा प्रतिष्ठानको समग्र प्रगति, शैक्षिक तथा स्वास्थ्य सेवासम्बन्धी गतिविधि र भावी योजनाबारे छलफल भएको जनाइएको छ । साथै स्वास्थ्य सेवा तथा जनशक्ति विकासलाई थप प्रभावकारी बनाउने विषयमा समेत सुझावहरू प्रस्तुत गरिएको थियो ।

सम्बन्धित समाचार

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०८३ बैशाख १६, १६: १६

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०८३ बैशाख १६, १६: १६

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...

सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
  • २०८३ बैशाख १६, १६: १६

काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...