यी स्थानमा आज भारी वर्षाको सम्भावना – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

यी स्थानमा आज भारी वर्षाको सम्भावना


काठमाडौं : हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

यसको प्रभावले विभिन्न स्थानमा हल्कादेखि मध्यम र भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गएको चौबीस घन्टामा म्याग्दीको तातोपानीमा ८२.४ मिलिमिटर, कास्कीको लामापाटनमा ५६.६, दमौलीमा ४५.६, गोरखाको घारेढुंगामा ६४.६ मिलिमिटर, सुनसरीको चतारामा ५९.६ मिलिमिटर, भोजपुरको दिङ्लामा ४९.८ मिलिमिटर, ताप्लेजुङमा ४६.४ मिलिमिटर वर्षा मापन भएको छ।

बुधबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थानहरूमा तथा कर्णाली र सुदुरपश्चिम प्रदेशको केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

दिउँसो कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको पनी सम्भावना रहेको छ। देशका तराई भू-भागका केही स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको छ।

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ।

राति लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको पनी सम्भावना रहेको छ।

राति देशका तराई भू-भागका केही स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको छ।

सम्बन्धित समाचार

कस्तो रहनेछ आजको मौसम ?
कस्तो रहनेछ आजको मौसम ?
  • २०८३ बैशाख १६, ०७: १२

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने भएकाले आवश्यक सर्तकर्ता अपनाउन...

भीम रावलद्धारा नेकपा सुदूरपश्चिम इन्जार्च अस्वीकार
भीम रावलद्धारा नेकपा सुदूरपश्चिम इन्जार्च अस्वीकार
  • २०८३ बैशाख १६, ०७: १२

काठमाडौँ।नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले आफूलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिएकोमा असन्तुष्टि जनाएका छन्।उनले आफूसँग परामर्श नगरी उक्त जिम्मेवारी...

आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै
आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै
  • २०८३ बैशाख १६, ०७: १२

काठमाडौं : आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग– २ अन्तर्गत आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै छ । खेल कीर्तिपुरस्थित...