
हेटौंडा: बागमती प्रदेशमा सुशासन प्रणाली सुदृढ गर्ने उद्देश्यले नीति संवाद कार्यशाला सम्पन्न भएको छ । प्रदेश तथा स्थानीय शासन सवलिकरण कार्यक्रमअन्तर्गत आयोजित कार्यशाला हेटौंडास्थित प्रदेश सुशासन केन्द्रको सभाहलमा भएको हो ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ प्रमुख अतिथि रहेका थिए भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामबाबु पुरीको अध्यक्षता रहेको थियो।

कार्यशालामा विज्ञ उमेशप्रसाद मैनाली ले संघीय सुशासन र सुधारका मार्गचित्रबारे प्रस्तुति दिएका थिए। यस्तै, डा. नहकुल सुवेदीले नीति, योजना, बजेट तथा कार्यक्रम तर्जुमा र कार्यान्वयनमा देखिएका आधारभूत चुनौती र समाधानका उपाय प्रस्तुत गरे।

कार्यक्रममा पूर्वमुख्यमन्त्री शालिकराम जमकट्टेल, प्रदेशका मन्त्रीहरू, प्रदेशसभाका विभिन्न समितिका सभापतिहरू, संसदीय दलका नेताहरू, प्रमुख सचेतक, सचेतक तथा विभिन्न मन्त्रालयका सचिव र कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यशालाले समसामयिक शासन प्रणाली सुधारका विषयमा नीति तहमा बहस र सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने भएकाले आवश्यक सर्तकर्ता अपनाउन...
काठमाडौँ।नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले आफूलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिएकोमा असन्तुष्टि जनाएका छन्।उनले आफूसँग परामर्श नगरी उक्त जिम्मेवारी...
काठमाडौं : आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग– २ अन्तर्गत आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै छ । खेल कीर्तिपुरस्थित...