फेरि बढ्यो सार्वजनिक यातायातको भाडा – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका लागि नयाँ भाडादर बुधबारदेखि लागू गरिएको हो ।

नयाँ व्यवस्थाअनुसार अन्तरप्रदेश यात्रुवाहक सवारी, पहाडी मार्गमा सञ्चालन हुने मालवाहक तथा तराई क्षेत्रमा चल्ने मालवाहक सवारीसाधनको भाडा समान रूपमा ५–५ प्रतिशतले बढाइएको छ ।

यसअघि पनि गत चैत २५ गते भाडा समायोजन गरिएको थियो। पछिल्लो वृद्धि भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १२ वैशाखमा प्राप्त सहमतिअनुसार लागू गरिएको विभागले जनाएको छ ।

हाल डिजेलको मूल्य प्रतिलिटर २३५.८३ रुपैयाँ पुगेको छ, जसका कारण भाडा समायोजन आवश्यक भएको विभागको भनाइ छ ।

यद्यपि, विद्युतीय सवारीसाधनमा भने भाडा वृद्धि गर्न नपाइने स्पष्ट पारिएको छ । यदि यस्तो सवारीले भाडा बढाएको पाइएमा कानुनी कारबाही गरिने विभागले चेतावनी दिएको छ ।

सम्बन्धित समाचार

सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
  • २०८३ बैशाख १६, १२: १२

काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...

कांग्रेस राष्ट्रिय सभा दलको नेतामा कमला पन्त, सिटौलालाई हटाइयो
कांग्रेस राष्ट्रिय सभा दलको नेतामा कमला पन्त, सिटौलालाई हटाइयो
  • २०८३ बैशाख १६, १२: १२

काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रिय सभामा दलको नेता परिवर्तन गरेको छ । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कमला पन्तलाई राष्ट्रिय सभा...

याम्बालिङ हाइड्रोपावरको आइपिओ आजदेखि खुला, १७.४३ लाख कित्ता सर्वसाधारणका लागि
याम्बालिङ हाइड्रोपावरको आइपिओ आजदेखि खुला, १७.४३ लाख कित्ता सर्वसाधारणका लागि
  • २०८३ बैशाख १६, १२: १२

काठमाडौं । याम्बालिङ हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन (आइपिओ) खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १७...