कांग्रेस राष्ट्रिय सभा दलको नेतामा कमला पन्त, सिटौलालाई हटाइयो – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

कांग्रेस राष्ट्रिय सभा दलको नेतामा कमला पन्त, सिटौलालाई हटाइयो

काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रिय सभामा दलको नेता परिवर्तन गरेको छ । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कमला पन्तलाई राष्ट्रिय सभा दलको नेतामा मनोनयन गरेका हुन् ।

यसअघि उक्त पदमा रहेका कृष्णप्रसाद सिटौलालाई हटाउँदै पन्तलाई जिम्मेवारी दिइएको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ । कांग्रेस विधानअनुसार प्रतिनिधिसभा संसदीय दलका नेतालाई राष्ट्रिय सभा दलको नेता मनोनयन गर्ने अधिकार हुन्छ ।

सिटौला यसअघि सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यकालमा राष्ट्रिय सभा दलको नेतामा नियुक्त भएका थिए । पछिल्लो निर्णयसँगै पार्टीभित्रको शक्ति सन्तुलनमा समेत फेरबदल आएको विश्लेषण गरिएको छ ।

पन्त कांग्रेस सभापति गगनकुमार थापा निकट मानिन्छिन् ।

सम्बन्धित समाचार

सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
  • २०८३ बैशाख १६, १२: ५०

काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०८३ बैशाख १६, १२: ५०

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
  • २०८३ बैशाख १६, १२: ५०

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार रुपैयाँले घटेर दुई लाख ९४...