इरानलाई ट्रम्पको चेतावनी- आज राति एउटा सभ्यताको अन्त्य हुनेछ – Naya Bikalpa
April 14, 2026, Tuesday      Epaper

इरानलाई ट्रम्पको चेतावनी- आज राति एउटा सभ्यताको अन्त्य हुनेछ

एजेन्सी : अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई सिधै चेतावनी दिँदै मंगलबार राति ‘एउटा पूरै सभ्यताको अन्त्य हुन लागेको’ बताएका छन् । ट्रम्पले इरानलाई सम्झौताका लागि वासिङ्टन समय अनुसार मंगलबार राति ८ बजेसम्मको अन्तिम समय सीमा (डेडलाइन) दिएका छन् ।

आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै ट्रम्पले लेखेका छन्, ‘एउटा पूरै सभ्यताको आज राति समाप्त हुनेछ र त्यो फेरि कहिल्यै फर्किएर आउने छैन । म यस्तो होस् भन्ने चाहन्न तर सायद यस्तो हुन सक्छ ।’ उनले ४७ वर्षदेखिको जबरजस्ती असुली, भ्रष्टाचार र मृत्युको युग अब समाप्त हुने दाबी गर्दै यसलाई इतिहासकै सबैभन्दा महत्त्वपूर्ण क्षणमध्येको एक बताएका छन् ।

ट्रम्पको सम्झौताको मुख्य सर्त इरानले ‘स्ट्रेट अफ हर्मोज’ खोल्नुपर्ने रहेको छ, जहाँबाट विश्वभरको कुल तेल आपूर्तिको २० प्रतिशत हिस्सा ओसारपसार हुने गर्दछ । ट्रम्पले इरानलाई एकै रातमा समाप्त गर्न सकिने चेतावनी दिँदै यदि तोकिएको समयभित्र सम्झौता नभएमा कारबाही सुरु हुने संकेत दिएका छन् ।

अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले पनि अब ‘बल इरानको कोर्टमा’ रहेको बताएका छन् । उनले इरानबाट सकारात्मक वा नकारात्मक जस्तो सुकै जवाफ आए पनि निर्धारित समयसम्ममा प्राप्त हुने र आफूहरू तेल र ग्यासको सहज आपूर्ति हुने संसारको पक्षमा रहेको स्पष्ट पारेका छन् ।

इरानले ट्रम्पको पछिल्लो ‘सभ्यताको अन्त्य’ सम्बन्धी बयानमा सिधै कुनै प्रतिक्रिया दिएको छैन । तर इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले एक नयाँ विज्ञप्ति जारी गर्दै अहिलेसम्म आफूहरूले ‘काफी संयम’ देखाएको उल्लेख गरेको छ ।

सम्बन्धित समाचार

नेपाल–भारत सहकार्यमा प्रसौनिको बेङ्गा साह माविमा विद्यालय तथा पुस्तकालय भवनको शिलान्यास
नेपाल–भारत सहकार्यमा प्रसौनिको बेङ्गा साह माविमा विद्यालय तथा पुस्तकालय भवनको शिलान्यास
  • २०८२ चैत्र २४, १९: ३१

वीरगञ्ज : नेपाल–भारत विकास सहकार्यअन्तर्गत बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ स्थित श्री बेङ्गा साह माध्यमिक विद्यालय तथा पुस्तकालय भवन निर्माण कार्य...

नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरमा लाखौं भक्तजनले गरे दर्शन
नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरमा लाखौं भक्तजनले गरे दर्शन
  • २०८२ चैत्र २४, १९: ३१

काठमाडौं : आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने...

आज नयाँ वर्ष : हर्षोल्लासका साथ मनाइँदै
आज नयाँ वर्ष : हर्षोल्लासका साथ मनाइँदै
  • २०८२ चैत्र २४, १९: ३१

काठमाडौं : आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने...