संविधान संशोधन कार्यदलमा सहभागिताअघि स्पष्टता चाहिन्छ : नेपाली कांग्रेस – Naya Bikalpa
April 14, 2026, Tuesday      Epaper

संविधान संशोधन कार्यदलमा सहभागिताअघि स्पष्टता चाहिन्छ : नेपाली कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलमा प्रतिनिधि पठाउने विषयमा आफ्नो धारणा सरकारसमक्ष पेस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाइएको पत्रमार्फत कांग्रेसले कार्यदलको कार्यक्षेत्र, विधि र उद्देश्यबारे स्पष्टता आवश्यक रहेको बताएको हो ।

कांग्रेसले संविधान संशोधन अघि व्यापक छलफल र सहमति आवश्यक रहेको उल्लेख गर्दै सरकारको पहललाई स्वागत गरेको छ । साथै, २०७२ सालमा जारी संविधान ऐतिहासिक उपलब्धि भएको स्मरण गर्दै समयानुकूल संशोधन लोकतान्त्रिक प्रक्रिया भएको जनाएको छ ।

पत्रमा कांग्रेसले संविधानका आधारभूत मूल्य–मान्यता जस्तै लोकतन्त्र, संघीयता, गणतन्त्र, मानवअधिकार, समावेशीता र विधिको शासनमा कुनै सम्झौता नहुने स्पष्ट पारेको छ । यद्यपि, संविधानलाई थप प्रभावकारी र समावेशी बनाउन केही संशोधन आवश्यक रहेको पनि जनाएको छ ।

कांग्रेसले कार्यदलको भूमिका, अधिकारक्षेत्र, सहभागितामूलक प्रक्रिया, तथा विभिन्न राजनीतिक दल, समुदाय र तहगत सरकारहरूको सहभागिताबारे सरकार स्पष्ट हुनुपर्ने माग गरेको छ । साथै, सरकार र नेतृत्वकर्ता दलको संविधान संशोधनप्रति प्रतिबद्धता र प्राथमिकताबारे पनि स्पष्ट धारणा आउनुपर्ने उल्लेख गरिएको छ ।

सरकारले आफ्नो प्रारम्भिक धारणा सार्वजनिक गरेपछि मात्र कार्यदलमा सहभागिता प्रभावकारी हुने विश्वास कांग्रेसले व्यक्त गरेको छ । कांग्रेसले संविधान संशोधन प्रक्रियामा सहकार्य र सहयोग गर्ने प्रतिबद्धता पनि दोहोर्‍याएको छ ।

May be an image of ticket stub and text

May be an image of poster and magazine

May be an image of text

सम्बन्धित समाचार

नेपाल–भारत सहकार्यमा प्रसौनिको बेङ्गा साह माविमा विद्यालय तथा पुस्तकालय भवनको शिलान्यास
नेपाल–भारत सहकार्यमा प्रसौनिको बेङ्गा साह माविमा विद्यालय तथा पुस्तकालय भवनको शिलान्यास
  • २०८२ चैत्र २५, १६: ३०

वीरगञ्ज : नेपाल–भारत विकास सहकार्यअन्तर्गत बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ स्थित श्री बेङ्गा साह माध्यमिक विद्यालय तथा पुस्तकालय भवन निर्माण कार्य...

नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरमा लाखौं भक्तजनले गरे दर्शन
नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरमा लाखौं भक्तजनले गरे दर्शन
  • २०८२ चैत्र २५, १६: ३०

काठमाडौं : आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने...

आज नयाँ वर्ष : हर्षोल्लासका साथ मनाइँदै
आज नयाँ वर्ष : हर्षोल्लासका साथ मनाइँदै
  • २०८२ चैत्र २५, १६: ३०

काठमाडौं : आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने...