कांग्रेस नेता बडुले पनि छोडे कोइराला क्याम्प, भन्छन्- सभापति थापाकै नेतृत्वमा १५औं महाअधिवेशनमा जाऔं – Naya Bikalpa
April 14, 2026, Tuesday      Epaper

कांग्रेस नेता बडुले पनि छोडे कोइराला क्याम्प, भन्छन्- सभापति थापाकै नेतृत्वमा १५औं महाअधिवेशनमा जाऔं

काठमाडौं : गिरिजाप्रसाद कोइरालादेखि हालसम्म कोइराला क्याम्पका विश्वसनीय, इमानदार र वैचारिक नेताका रूपमा चिनिँदै आएका दिलेन्द्रप्रसाद बडूले कांग्रेसभित्रको विवाद समाधानका लागि जतिसक्दो चाँडो १५औं महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् । उनले उक्त महाधिवेशनमा सबै पक्ष मिलेर जानुपर्ने धारणा आज सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।

उनी अहिलेसम्म डाक्टर शेखर कोइराला पट्टी रहेका थिए । तर डाक्टर शेखर कोइरालाको निर्वाचनपछिका गतिविधिबाट अस्नतुष्ट हुँदै बडू कोइराला क्याम्पबाट बाहिरिएका हुन् ।

उनले पार्टीभित्रको विवाद समाधानका लागि सभापति गगनकुमार थापाको नेतृत्वमा छिटो १५औं महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् ।

उनले नियमित १५औं महाधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग हुँदै आए पनि तत्कालीन संस्थापन पक्ष सहमत नभएको बताए । त्यसैबीच उत्पन्न ‘जेनजी’ आन्दोलन र विवादका कारण विशेष महाधिवेशन गरिएको र त्यसलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरिसकेको उनको भनाइ छ ।

बडूले आयोगको निर्णयविरुद्ध केही नेताहरू सर्वोच्च अदालत गएको उल्लेख गर्दै अदालतको अन्तिम निर्णयलाई सबैले स्वीकार गर्नुपर्ने धारणा राखे । साथै, विगतका विवाद र परिस्थितिको काल्पनिक विश्लेषणमा अल्झिनु भन्दा पार्टीलाई एकजुट बनाउँदै अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

उनले पछिल्लो निर्वाचनमा पार्टीको परिणाम अपेक्षाअनुसार आउन नसकेको स्वीकार गर्दै त्यसको नैतिक जिम्मेवारी पार्टी नेतृत्वले लिइसकेको पनि स्मरण गराए । वर्तमान अवस्थामा लोकतन्त्र र उपलब्धिमाथि चुनौती बढिरहेको भन्दै उनले कांग्रेसलाई अझ बलियो, जिम्मेवार र एकताबद्ध बनाउनुपर्ने आवश्यकता औंल्याए ।

अन्त्यमा बडूले सबै नेता तथा कार्यकर्तालाई आगामी १५औं महाधिवेशनमा सहभागी भई पार्टीलाई सुदृढ, अनुशासित र एकताबद्ध बनाउँदै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने दिशामा अघि बढ्न आह्वान गरेका छन् ।

सम्बन्धित समाचार

नेपाल–भारत सहकार्यमा प्रसौनिको बेङ्गा साह माविमा विद्यालय तथा पुस्तकालय भवनको शिलान्यास
नेपाल–भारत सहकार्यमा प्रसौनिको बेङ्गा साह माविमा विद्यालय तथा पुस्तकालय भवनको शिलान्यास
  • २०८२ चैत्र २५, १६: १५

वीरगञ्ज : नेपाल–भारत विकास सहकार्यअन्तर्गत बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ स्थित श्री बेङ्गा साह माध्यमिक विद्यालय तथा पुस्तकालय भवन निर्माण कार्य...

नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरमा लाखौं भक्तजनले गरे दर्शन
नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरमा लाखौं भक्तजनले गरे दर्शन
  • २०८२ चैत्र २५, १६: १५

काठमाडौं : आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने...

आज नयाँ वर्ष : हर्षोल्लासका साथ मनाइँदै
आज नयाँ वर्ष : हर्षोल्लासका साथ मनाइँदै
  • २०८२ चैत्र २५, १६: १५

काठमाडौं : आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने...