
काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले हाजिर जमानीमा छोड्ने निर्णय गरेको छ ।
सर्वोच्च अदालतको परमादेशअनुसार ओली र लेखकलाई रिहा गर्न लागिएको हो ।
हाजिर जमानतमा छोड्ने निर्णयसहितको पत्र सरकारी वकिलबाट आइपुगेको प्रहरी स्रोतले बताएको छ ।
२३ र २४ भदाैमा भएको जेन–जी आन्दोलनमा दमन गरेको भन्दै जाँचबुझ आयोगले कारबाही गर्न सिफारिस गरेका आधारमा ओली र लेखक १४ चैतमा निवासबाटै पक्राउ परेका थिए ।
काठमाडौं : आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने...
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक विद्यालयलाई नियमबमोजिम प्रदान गरिएका छात्रवृत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ...
काठमाडौं । पछिल्लो समय विकसित आन्तरिक मतभेदका कारण नेपालको सबैभन्दा पुरानो र लोकतन्त्रको पर्यायवाची मानिने दल नेपाली कांग्रेसमा यतिबेला इतिहासकै...