नयाँ शैक्षिक सत्र वैशाख १५ बाट सुरु हुने – Naya Bikalpa
April 9, 2026, Thursday      Epaper

नयाँ शैक्षिक सत्र वैशाख १५ बाट सुरु हुने

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०८३ सालको शैक्षिक सत्र १५ वैशाखबाट सुरु हुने जानकारी दिएको छ ।

सरकारी निर्देशन अनुसार यस सत्रको भर्ना अभियान १५ वैशाखबाट शुरु हुनेछ भने पठनपाठन २१ वैशाखबाट सुरु हुनेछ । साथै, प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा रहने व्यवस्था गरिएको छ ।

केन्द्रले सबै विद्यालयहरूलाई नयाँ शैक्षिक सत्रअनुसार वार्षिक कार्यतालिका, शैक्षणिक योजना, शिक्षक विकास, विद्यार्थी सिकाइ सुधार र विद्यालय सुधार योजना तयार गर्न निर्देशन दिएको छ ।

डा. श्याम प्रसाद आचार्यका अनुसार विद्यालयहरूले उक्त योजना कार्यान्वयन गर्न स्थानीय तहसँग समन्वय गरी आवश्यक तयारी गर्नु पर्नेछ ।

सम्बन्धित समाचार

संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य
  • २०८२ चैत्र २६, १९: ५९

काठमाडौं : संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को...

श्रममन्त्री साह पदमुक्त
श्रममन्त्री साह पदमुक्त
  • २०८२ चैत्र २६, १९: ५९

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई बिहीबार पदमुक्त गरेका छन् । प्रधानमन्त्री शाहले राष्ट्रिय...

उपसभामुख पदमा राप्रपाकी लामा र श्रम संस्कृतिकी ठाकुरको उम्मेदवारी दर्ता
उपसभामुख पदमा राप्रपाकी लामा र श्रम संस्कृतिकी ठाकुरको उम्मेदवारी दर्ता
  • २०८२ चैत्र २६, १९: ५९

काठमाडौं : उपसभामुख पदमा राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता भएको छ । राप्रपाको समानुपातिक सांसद लामाले उपसभामुख पदमा उम्मेदवारी दर्ता...