होर्मुजमा नाकाबन्दी गर्ने तयारी,तेलको भाउ अकासिने चिन्ता – Naya Bikalpa
April 16, 2026, Thursday      Epaper

होर्मुजमा नाकाबन्दी गर्ने तयारी,तेलको भाउ अकासिने चिन्ता

काठमाडौँ।अमेरिका र इरानबिच जारी युद्ध अन्त्य गर्ने प्रयास असफल भएसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ। अमेरिकी नौसेनाले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी गर्ने तयारी गरेपछि सोमबार तेलको मूल्य प्रतिब्यारेल १०० डलर माथि पुगेको हो।
इरानबाट हुने तेल निर्यात पूर्ण रूपमा रोकिन सक्ने डरले लगानीकर्ताहरू चिन्तित बनेका छन्, जसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय बजारमा देखिएको छ। सोमबार लन्डनको ब्रेन्ट क्रुड फ्यूचर ७.६० डलर अर्थात् करिब ८ प्रतिशतले बढेर प्रतिब्यारेल १०२.८० डलर पुगेको छ।

त्यस्तै, अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएटको मूल्य पनि ८.३१ डलर अर्थात् ८.६ प्रतिशतले वृद्धि भई १०४.८८ डलर कायम भएको छ। दुई साताको अल्पकालीन युद्धविराम पछि शान्ति सम्झौता हुने आशा गरिए पनि वार्ता निष्कर्षविहीन टुङ्गिएपछि बजारमा फेरि अस्थिरता छाएको ऊर्जा विज्ञहरूले बताएका छन्।

सम्बन्धित समाचार

अमेरिका इरान शान्ति वार्ताको लागि विभिन्न नेताहरु सक्रिय
अमेरिका इरान शान्ति वार्ताको लागि विभिन्न नेताहरु सक्रिय
  • २०८२ चैत्र ३०, ०७: २१

काठमाडौँ। अमेरिका र इरानबीच सम्भावित दोस्रो चरणको शान्ति वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ चार दिने भ्रमणका लागि बुधबार साउदी अरब...

हिन्द महासागरमा डुंगा दुर्घटना ,२५० जना बेपत्ता
हिन्द महासागरमा डुंगा दुर्घटना ,२५० जना बेपत्ता
  • २०८२ चैत्र ३०, ०७: २१

काठमाडौं । बंगलादेशबाट मेलिसिया जाँदै गरेको डुंगा हिन्द महासागरको पूर्वी किनारमा पर्ने अण्डमान सागरमा दुर्घटना हुँदा २५० जना वेपत्ता भएका...

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा
बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा
  • २०८२ चैत्र ३०, ०७: २१

एजेन्सी : भारतको बिहारका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत एक विज्ञप्ति जारी...