धनकुटालाई राजधानी बनाउने प्रतिवद्धता – Naya Bikalpa
December 15, 2025, Monday      Epaper

धनकुटालाई राजधानी बनाउने प्रतिवद्धता

काठमाण्डौ, प्रदेश नम्वर १ को राजधानी बनाउन पहल गर्ने काठमाण्डौमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख,मन्त्री तथा सांसदहरु र राजनैतिक दलहरुका नेताहरुले प्रतिवद्धता व्यक्त गर्नु भएको छ । भने धनकुटामानै गएर आन्दोलनरत पक्षसंग बार्ता गरी समस्या समाधान गर्ने भएको छ । प्रादेसिक राजधानी धनकुटा अभियान समितिले आज काठमाण्डौका हार्दिक होटलका काव्य हलमा आयोजना गरेको १ नम्वर प्रदेशको स्थायी प्रादेसिक राजधानी विषयक कार्यक्रममा १ नम्वर प्रदेशको राजधानी धनकुटा बनाउन आफ्नो तर्फबाट संविधानले दिएको अधिकार र सिमा रहेर र सहजिकरण र सहयोग गर्ने वताउनु भयो । सो अवसरमा उद्योग मन्त्री सुनिल वहादुर थापाले सवै किसिमले उपयूक्त रहेको धनकुटालई १ नम्वर प्रदेशको राजधानी बनाउन कुनै कसुर बाकी नराखि सक्रिय हुने वताउनु भयो ।

कार्यक्रममा धनकुटा क्षेत्र नं. १ का प्रदेश सभा सांसद निरन राई,इन्द्रमणी पराजली,पूर्व सांसद मनोहर नारायण श्रेष्ठ र नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले धनकुटालाई राजधानी बनाउने आधार पत्र र सरकारले अन्याय गरेको विषयमा कार्यपत्र तथा विषय पत्र प्रस्तुत गर्नु भएको थियो ।उहाहरुले आन्दोलन भैरहेको क्षेत्र धनकुटामानै गै वार्ता गर्नु पर्ने,धनकुटाको भौतिक संरचनाको वारे गलत र षडयन्त्र पूर्वक सिफारिस गरेकोले त्यसलाई प्रतिनिधि मण्डल पठाएर पुन पठाउनु पर्ने ।धनकुटाकामा पनि प्रदेश सभाको बैठक गर्नु पर्ने ,आन्दोलनबाट भएको क्षती सरकारले व्यर्होनु पर्ने र धनकुटालाई स्थायी राजधानी बनाउनु पर्ने माग प्रस्तुत गर्नु भएको थियो ।

सो अवसरमा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामांग,नेपाली कांग्रेस धनकुटका सभापति अग्नी प्रसाद पौडेल,चौविसे गाउपालिकाका उपाध्यक्ष यज्ञ कुमारी रुचाल,राप्रपाका उपाध्यक्ष टिका प्रसाद घिमिरे,नेकपा एमाले धनकुटका सचिव सुरेन्द्र पौडेल, नेकपा माओवादी केन्द्रकी नेता गिता खेवा लिम्बु, प्राध्यापक गोपाल अधिकारी, अभियान्त तथा विश्लेषक विदुर सुवेदी, अभियान्तहरु बिर बहादुर खतिवडा,रामजी कोङरेन,नारायणबाबु तिम्सिना,दुर्गा पुरी,व्यावसायी विकास अधिकारी, लगायतले धनकुटालाई सरकारले प्रदेश नम्वर १ को प्रदेश प्रमुखको मुकाम नतोकेर अन्याय गरेकोले अव जसरी भए पनि स्थायी प्रादेसिक राजधानी बनाउन लाग्नु पर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा र पछि आयोजित बार्तामा धनकुटामानै गै आन्दोलनरत पक्षसंग अभिलम्ब वार्ता गर्ने र त्यसका लागी बातारण बनाउन सरकारसंग कुरा गर्ने र सवैले सहयोग गर्ने सहमती भएको छ ।

प्रादेसिक राजधानी धनकुटा अभियान समिति काठमाण्डौका संयोजनकर्ता विजय सन्तोषी राईको संयोजकत्वमा भएको कार्यक्रमा धनकुटा नगरपालिकाका उपप्रमुख सकुन्तला वस्नेत,पाख्रिवास गाउपालिका उप्रमुख देवकला तिम्सिना,महालक्ष्मी नगरपालिकाका उपप्रमुख मञ्जु अधिकारी, सागुरीगढी गाउपालिकाका उपाध्यक्ष विन्द्र राई, शहिदभूमी गाउँपालिकाका उपाध्यक्ष रत्नेश्वरी राई, नेपाल पत्रकार महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, डा.तुलसी प्रसाद गौतम,राष्टिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रिय सदस्य मदन घिमिरे,नेपाली कांग्रेस धनकुटका जिल्ला सदस्य चण्डिका वास्तोला, सम्पर्क समितिका सभापति भिम थापा,सम्पर्क मञ्चका अध्यक्ष तिलक कार्की,उपाध्यक्ष युवराज दर्नाल,अभियानन्तहरु शान्ति खड्का ,युवराज घिमिरे,सुष्मा चेम्जोग ,श्याम गुरुग,लक्ष्मी थापा, सपना पोखरेल,दल वहादुर राई,कुल वहादुर थापा,टेकराज चेम्जोग,निलम थापा ,विकास अधिकारी,तिलक वहादुर थापा,लक्ष्मण थापा लगायतको सहभागीता रहेको थियो ।

यसैगरी नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीसंग धनकुटा प्रादेसिक राजधानी अभियान समितिले उहाकै कार्यकक्षमा धनकुटाको प्रादेसिक राजधानीको विषयमा भैरहेको आन्दोलनको विषयमा छलफल गरी धनकुटाको मागको विषयमा जानकारी गराईको थियो ।
सो अवसरमा उद्योग मन्त्री सुनिल वहादुर थापा,प्रदेश नम्वर १ का प्रदेश प्रमुख डा.गोविन्द्र सुब्बा समेतको उपस्थितिमा प्रदेश सभा १का सांसदहरु इन्द्रमणी पराजुली,निरन राई,पूर्व सांसद मनोहर नारायण श्रेष्ठ,नेपाली कांग्रेस धनकुटका सभापति अग्नी प्रसाद पौडेल,सचिव विजय सन्तोषी राई,नेकपा एमाले धनकुटका सचिव सुरेन्द्र पौडेल,नेकपा माओवादी केन्द्रका नेता गिता खेवा,राष्टिय प्रजातान्त्रिक यूवा संगठनका केन्द्रिय सदस्य मदन घिमिरे,नेपाल पत्रकार महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,दुर्गा पुरी लगायतले मुख्य सचिव रेग्मीलाई धनकुटामा प्रादेसिक राजधानीको माग राख्दै भैरहेको आन्दोलनको विषयमा जानकारी गराउनु भएको थियो ।

सो अवसरमा मुख्य सचिव रेग्मीलाई धनकुटामानै सरकारी वार्ता टोलीले गएर वार्ता गर्नु पर्ने,धनकुटाको भौतिक संचरनाको वारेमा सिफारिस गर्दा गलत ढंगबाट सिफारिस गरिएकोले पुन सरकारी प्रतिनिधि पठाएर भौतिक संरचनाको यर्थाथ विरण पठाउनु पर्ने,आन्दोलनको क्रममा क्षती भएको सकारले व्यहोर्नु पर्ने र प्रदेश सभाको बैठक धनकुटामा पनि गर्नका लागी व्यवस्था गर्नु पर्ने माग राख्नु भएको थियो । सो अवसरमा मुख्य सचिव लोकदर्शन रेग्मीले प्रधान मन्त्रीलाई धनकुटकाको मागको वारेमा जानकारी गराउने र प्रदेश प्रमुख र प्रदेशका प्रमुख सचिवसंग छलफल गरेर समाधान गर्ने विश्वास व्यक्त गर्नु भएको नेपाल पत्रकार महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले वताउनु भयो ।

सम्बन्धित समाचार

ओलीले गराए उम्मेदवारी दर्ता
ओलीले गराए उम्मेदवारी दर्ता
  • २०७४ माघ २२, ०९: १३

काठमाडौं : नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा उनले...

ईश्वर पोखरेलद्वारा उम्मेदवारी दर्ता, भन्छन्- पार्टीलाई ठिक ढंगले चलाउन अध्यक्ष पदमा उम्मेदवारी दिएँ
ईश्वर पोखरेलद्वारा उम्मेदवारी दर्ता, भन्छन्- पार्टीलाई ठिक ढंगले चलाउन अध्यक्ष पदमा उम्मेदवारी दिएँ
  • २०७४ माघ २२, ०९: १३

काठमाडौं : नेकपा एमालेको अध्यक्ष पदका लागि ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा उनले...

कांग्रेसले नेता उपाध्यायको निधनमा पार्टीको झण्डा तीन दिन आधा झुकाउने
कांग्रेसले नेता उपाध्यायको निधनमा पार्टीको झण्डा तीन दिन आधा झुकाउने
  • २०७४ माघ २२, ०९: १३

काठमाडौं : नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनका योद्धा, पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित गर्दै उनको...