आज नेपाल र स्कटल्याण्ड भिड्दै, लिग–२ मा घरेलु मैदानमा नेपालको चुनौती – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

आज नेपाल र स्कटल्याण्ड भिड्दै, लिग–२ मा घरेलु मैदानमा नेपालको चुनौती

काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुने खेल बिहान साढे ९ बजेदेखि सुरु हुनेछ ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र स्कटल्याण्डबीच यसअघि ११ पटक भेट भएको छ । जसमा दुवै टोलीले समान ५/५ खेल जितेका छन् भने एक खेल बिना नतिजा टुंगिएको थियो । आजको खेलमा नेपाल घरेलु मैदानको फाइदा उठाउँदै महत्वपूर्ण जित निकाल्ने लक्ष्यमा रहनेछ ।

जारी लिग–२ अंक तालिकामा नेपालले २६ खेलमध्ये ९ जित र १५ हार बेहोरेको छ भने २ खेलमा अंक बाँड्दै २० अंकसहित सातौं स्थानमा रहेको छ । यता स्कटल्याण्ड ३० खेलमा १६ जित र ८ हारसहित ३८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ ।

यस सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । टोलीमा पहिलो पटक ईशान पाण्डेलाई अवसर दिइएको छ । नेपाली टोलीमा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, ईशान पाण्डे, गुलशन झा, सन्दीप लामिछाने, ललित राजवंशी, नन्दन यादव, अर्जुन कुमाल, सोमपाल कामी, विनोद भण्डारी र करण केसी रहेका छन् ।

स्कटल्याण्ड टोलीमा कप्तान रिची बेरिङ्टनसहित म्याथ्यु क्रस, ब्राड्ली करी, ज्यास्पर डेभिडसन, ओलिभर डेभिडसन, माइकल इङ्लिस, ओवेन गोल्ड, ज्याक जार्भिस, ओली जोन्स, माइकल लिस्क, फिन्ले म्याकक्रेथ, ब्रान्डन म्याकमुलन, जर्ज मुन्से, सफयान शरीफ र मार्क वाट रहेका छन् ।

यस सिरिजअन्तर्गत मे २० मा स्कटल्याण्ड र अमेरिकाबीच खेल हुनेछ भने मे २२ मा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

सम्बन्धित समाचार

क्यानद्वारा खेलाडी वर्गीकरण : ‘ए प्लस’मा रोहित, दीपेन्द्र र सन्दीप
क्यानद्वारा खेलाडी वर्गीकरण : ‘ए प्लस’मा रोहित, दीपेन्द्र र सन्दीप
  • २०८३ जेष्ठ ४, ०९: १२

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले २०२६ का लागि खेलाडीहरुको वर्गीकरण गरेको छ । पहिलोपटक तीन जना खेलाडी ए प्लस...

नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै
नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै
  • २०८३ जेष्ठ ४, ०९: १२

काठमाडौं । नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ ।खेलमा दुवै टोली विजयी सुरुआतको खोजिमा छन्...

माल्दिभ्समाथि सानदार जित निकाल्दै नेपाल काभा महिला भलिबलको सेमिफाइनलमा
माल्दिभ्समाथि सानदार जित निकाल्दै नेपाल काभा महिला भलिबलको सेमिफाइनलमा
  • २०८३ जेष्ठ ४, ०९: १२

काठमाडौँ । नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा पराजित...