पूजा महतोको शानदार अर्धशतक, चीनसामु नेपालले राख्यो १२६ रनको लक्ष्य – Naya Bikalpa
June 9, 2026, Tuesday      Epaper

पूजा महतोको शानदार अर्धशतक, चीनसामु नेपालले राख्यो १२६ रनको लक्ष्य

KLANG, MALAYSIA – MAY 27: Pictures from the match between Nepal and China during the Asian Games Qualifier Women’s 2026 at Bayuemas Oval on May 27, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council

काठमाडौँ । पूजा महतोको उत्कृष्ट अर्धशतकको मद्दतमा नेपालले एसियन गेम्स महिला क्रिकेट छनोटअन्तर्गत चीनसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।मलेसियास्थित बायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १२५ रन बनायो ।

नेपालका लागि पूजा महतोले सर्वाधिक ६३ रनको योगदान दिइन् । उनले ५७ बलमा ६ चौका प्रहार गरिन् । यस्तै, रुवी पोदार २२ रनमा अविजित रहँदा सोनी पाख्रिनले १८ रन जोडिन् ।चौथो विकेटका लागि पूजा र रुवीबीच ६४ रनको महत्वपूर्ण साझेदारी भएको थियो, जसले नेपालको इनिङ सम्हाल्न ठूलो भूमिका खेल्यो ।

चीनका लागि मा रुइकले दुई विकेट लिइन् भने वाङ हुइयिङ र जियापिङ लीले समान एक–एक विकेट हात पारे । नेपाल प्रतियोगितामा सुखद सुरुआत गर्ने लक्ष्यमा रहेको छ भने चीन लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्ने योजनामा छ । चीनले पहिलो खेलमा इन्डोनेसियालाई तीन विकेटले पराजित गरेको थियो ।

यसअघि नेपाल र चीनबीच भएका दुई टी–२० अन्तर्राष्ट्रिय भेटमा नेपाल विजयी भएको इतिहास छ ।

सम्बन्धित समाचार

हङकङलाई डीएलएसमा १९ रनले हराउँदै नेपाल एसियन गेम्स छनोट च्याम्पियन
हङकङलाई डीएलएसमा १९ रनले हराउँदै नेपाल एसियन गेम्स छनोट च्याम्पियन
  • २०८३ जेष्ठ १३, १४: २५

काठमाडौँ । सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले हङकङलाई डीएलएस (डकवर्थ–लुइस–स्टर्न) पद्धतिअनुसार १९ रनले पराजित गर्दै...

एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै
एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै
  • २०८३ जेष्ठ १३, १४: २५

  काठमाडौं । एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा आज (सोमबार) नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो १२ः१५...

भारतले बंगलादेशलाई ३–१ ले हराउँदै साफ महिला च्याम्पियनसिपको उपाधि जित्यो
भारतले बंगलादेशलाई ३–१ ले हराउँदै साफ महिला च्याम्पियनसिपको उपाधि जित्यो
  • २०८३ जेष्ठ १३, १४: २५

काठमाडौँ । भारतले बंगलादेशलाई ३–१ गोलले पराजित गर्दै साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ। यो भारतको महिला फुटबलमा छैटौँ उपाधि...