
काठमाडौं : आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज सार्वजनिक हुँदै छ । संघीय संसदकाे संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन् ।
आज अपराह्न ४ बजे बस्ने राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा अर्थमन्त्री वाग्लेले बजेट प्रस्तुत गर्ने छन् ।
गत २१ फागुन भएकाे प्रतिनिधिसभा निर्वाचनमा करिब दुई तिहाइ जनमतसहित बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले आफ्नो पहिलो बजेट ल्याउन लागेको हो । रास्वपा नेतृत्वको वर्तमान सरकारले कस्तो बजेट ल्याउँछ भन्ने सर्वत्र चासो छ ।
सांसदहरूले दिएको सुझाव, राष्ट्रिय स्वतन्त्र पार्टीले गत २१ फागुनकाे चुनावमा व्यक्त गरेको वाचापत्र, सरकारको सुशासनको मार्गचित्रलगायत विषयलाई बजेटको केन्द्रमा राखिएको छ ।
रास्वपा नेतृत्वकाे सरकारले यसपटकको बजेटलाई बढी व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्य राखेकाे छ । अनावश्यक खर्च कटौती, निजीक्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालनासहित सुशासनलाई केन्द्रमा राख्दै सरकारले बजेट ल्याउने तयारी गरेकाे छ ।
आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थानविन्दु बनाएर आउने पाँच वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने अर्थमन्त्रीको तयारी छ ।
काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...
काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालले सबैभन्दा बढी डिजेल आयात गरेको छ। भन्सार विभागका अनुसार साउनदेखि जेठ...