
काठमाडौं : विपक्षी दलहरूको विरोधबीच प्रतिनिधिसभाले प्रतिनिधिसभा नियमावली पारित गरेको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले पारित गरेको नियमावलीले सांसदहरूका लागि विशेषाधिकार दिएको गरेको छ ।
नियमावलीको नियम २५९ मा सांसदहरूका लागि नियमावली लागू हुनेसम्बन्धी प्रावधान छ । ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएता पनि सभा, समिति र सदस्यको हकमा यो नियमावली संघीय कानुनको रूपमा रही विशेष कानुनसरह लागू हुनेछ’, दफा २५९ को उपदफा १ मा भनिएको छ ।
नियम २६० मा नियमावलीको व्याख्या गर्ने अधिकार सभामुखलाई दिइएको छ । ‘यस नियमावलीको व्याख्या गर्ने अधिकार सभामुखलाई हुनेछ, र निजको निर्णय अन्तिम हुनेछ । त्यस्तो निर्णयको जानकारी बैठकलाई दिनुपर्नेछ,’ नियमावलीमा भनिएको छ ।
नियमावलीको नियम २६१ ले यसलाई आन्तरिक कामकारबाही मानेको छ । त्यस्तै, यस सम्बन्धमा ‘कुनै पनि अदालतमा प्रश्न उठाउन पाइने छैन’ भनिएको छ ।
‘यस नियमावलीबमोजिम सम्पादन गरिने कामकारबाही सभा र समितिको आन्तरिक कामकारबाही मानिनेछ । यस सम्बन्धमा कुनै पनि अदालतमा प्रश्न उठाउन पाइने छैन,’ नियमावलीमा भनिएको छ ।
काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...
१. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...