मे महिनामा नेपालमा १ लाख २ हजारभन्दा बढी पर्यटक, आगमनमा १९ प्रतिशत वृद्धि – Naya Bikalpa
June 9, 2026, Tuesday      Epaper

मे महिनामा नेपालमा १ लाख २ हजारभन्दा बढी पर्यटक, आगमनमा १९ प्रतिशत वृद्धि

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमन उत्साहजनक रूपमा बढ्दै गएको छ। सन् २०२६ को मे महिनामा कुल १ लाख २ हजार ६२६ जना अन्तर्राष्ट्रिय पर्यटक नेपाल आएका छन्। यो संख्या सन् २०२५ को सोही अवधिको ८६ हजार २१६ पर्यटकको तुलनामा १९ प्रतिशतले बढी हो। साथै, कोभिड–१९ महामारीअघि सन् २०१९ को मे महिनामा भएको ७८ हजार ३२९ पर्यटक आगमनको तुलनामा यो ३१ प्रतिशतले उच्च रहेको छ।

नेपाल पर्यटन बोर्डका अनुसार पछिल्लो तथ्याङ्कले नेपालको पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय विश्वास बढ्दै गएको देखाएको छ। नेपाललाई ‘लाइफटाइम एक्सपेरियन्स डेस्टिनेसन’का रूपमा प्रवर्द्धन गर्ने अभियानले सकारात्मक परिणाम दिन थालेको बोर्डको भनाइ छ।

मे महिनामा भारत नेपालका लागि सबैभन्दा ठूलो स्रोत बजार बनेको छ। भारतबाट ४० हजार ७८२ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ३९.७४ प्रतिशत हो। त्यसपछि चीनबाट ११ हजार ५१४ (११.२२ प्रतिशत), अमेरिकाबाट ९ हजार १ (८.७७ प्रतिशत), बंगलादेशबाट ५ हजार २९८ (५.१६ प्रतिशत) र बेलायतबाट ३ हजार ३७५ (३.२९ प्रतिशत) पर्यटक नेपाल आएका छन्।

क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसियाली क्षेत्र (सार्क) बाट आउने पर्यटकको हिस्सा सबैभन्दा बढी ४७.२ प्रतिशत रहेको छ। अन्य एसियाली मुलुकबाट १९.९ प्रतिशत, युरोपबाट १३.१ प्रतिशत, अमेरिकाबाट १०.३ प्रतिशत, अन्य क्षेत्रबाट ४.५ प्रतिशत, ओसियानियाबाट ३.१ प्रतिशत, मध्यपूर्वबाट १.५ प्रतिशत तथा अफ्रिकाबाट ०.३ प्रतिशत पर्यटक नेपाल आएका छन्।

पर्यटन क्षेत्रका सरोकारवालाले पछिल्ला तथ्याङ्कले नेपालको पर्यटन उद्योग महामारीपछिको पुनरुत्थानमा मात्र सीमित नरही नयाँ उचाइतर्फ अग्रसर रहेको संकेत गरेको बताएका छन्।

सम्बन्धित समाचार

व्यवसायी भट्ट र अग्रवाललाई आठौं पटक म्याद थप
व्यवसायी भट्ट र अग्रवाललाई आठौं पटक म्याद थप
  • २०८३ जेष्ठ १९, १५: ३३

काठमाडौं : विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायीहरु दीपक भट्ट र सुलभ अग्रवाललाई आठौं पटक थप गरेको छ ।...

६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
  • २०८३ जेष्ठ १९, १५: ३३

नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...

वैकल्पिक शक्तिहरुभित्रको नयाँ विकल्प र  नेपाली कांग्रेसको सम्पूर्ण एकताको प्रयास
वैकल्पिक शक्तिहरुभित्रको नयाँ विकल्प र नेपाली कांग्रेसको सम्पूर्ण एकताको प्रयास
  • २०८३ जेष्ठ १९, १५: ३३

१. के हुँदैछ यो देशमा ? भनिन्थ्यो—वहुमतको सरकार आएपछि मुलुकमा राजनीतिक स्थिरता आउँछ । त्यसो त भदौ २४गतेसम्म यो देशमा...