२ नम्बर प्रदेशमा २ वटा कुरा – Naya Bikalpa
December 15, 2025, Monday      Epaper

२ नम्बर प्रदेशमा २ वटा कुरा

आईतबाट जनकपुरमा प्रदेशसभाको बैठक बसिरहँदा वीरगंजमा भने हातमा लाठी र कालो झण्ड बोकेका मानिसहरु सडकमा बसिरहेका थिए । सरकारले अस्थायी मुकाम तोके देखि नै आन्दोलनमा रहेका पर्सेली जनता बन्द र हड्तालमा उत्रिएका छन् । सोही अनुरुप उनीहरुले प्रदेशसभाको बैठक बस्ने दिन पारेर आईतबार वीरगंज बन्दको आह्वान समेत गरे ।

अन्य प्रदेशमा पनि प्रदेश राजधानीको विषयलाई लिएर आन्दोलन नभएको भने होइन । तर अन्य ठाँउमा आन्दोलन फिर्ता भईसकेको छ भने वीरगंजमा भने आन्दोलनले नयाँ आकार लिँदै गईरहेको छ । वीरगंजलाई प्रदेश राजधानी बनाउनेलाई डेढ करोडको गाडी अफर देखि छुट्टै भोजपुरा प्रदेश बनाउने सम्मका कुरा सार्वजानिक भईसकेका छन् । प्रदेश सभाको बैठक बस्ने भएपछि आईतबार जनकपुर नयाँ दुलही झैँ सिंगारिएको थियो भने वीरगंजको आकाश टायरका कालो धँुवाले मडारिएको थियो । वीरगञ्ज राजधानी संघर्ष समितिले प्रादेशिक राजधानी वीरगञ्ज हुनुपर्ने माग राख्दै विगत ३२ दिनदेखि रिले अनशन जारी राखेको छ ।

यसैगरी प्रदेशसभाको बैठक पनि अन्य प्रदेश भन्दा २ नम्बरको सभामा फरक दृश्य देखियो । केन्द्रिय संसदमा जस्तै सबै प्रदेशमा मर्यादपालकहरुले दौरा सुरुवाल लगाएका थिए भने २ नम्बरमा दौरा सुरुवाल निषेध गरिएको थियो । बैठक सुरु हुने वित्तिकै राजपाका सांसदहरुले मधेस आन्दोलनका शहीदको फोटो सभामा नराखेको भन्दै केही बेर अवरोध समेत पु¥याएका थिए ।

त्यस्तै बैठकमा नेकपा एमालेको गुट–उपगुटको आन्तरिक विवाद पनि छताछुल्ला भयो । प्रदेशसभामा उपस्थित प्रत्येक दलका एक–एक नेताले सम्बोधन गरे । तर एमालेका दुई प्रदेशसभा सदस्यले सम्बोधन गरे । सुरुमा सत्यनारायण मण्डलले सम्बोधन गरे भने अन्तिममा शत्रुघन महतोले समय पाए । पार्टी भित्रको गुटका कारण दलले पाएको १० मिनेट आधा आधा गरेर दुई सांसदले बोलेका थिए । सप्तरीका सांसद एवं पूर्वमन्त्रीसमेत रहेका सत्यनारायण मण्डल केपी ओली गुटका नेता हुन् भने सत्रुघन महतो माधव नेपाल गुटका हुन् ।

सम्बन्धित समाचार

मधेश प्रदेश सरकारद्वारा मन्त्रिपरिषद् विस्तार
मधेश प्रदेश सरकारद्वारा मन्त्रिपरिषद् विस्तार
  • २०७४ माघ २२, ०९: २५

जनकपुरधाम : मधेश प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नियुक्त दुई मन्त्रीले सोमबार प्रदेश प्रमुख...

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र
चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र
  • २०७४ माघ २२, ०९: २५

काठमाडौं : केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ...

ओलीले गराए उम्मेदवारी दर्ता
ओलीले गराए उम्मेदवारी दर्ता
  • २०७४ माघ २२, ०९: २५

काठमाडौं : नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा उनले...