परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने सहमति – Naya Bikalpa
June 22, 2026, Monday      Epaper

परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने सहमति


काठमाडौं : नेपाल र भारतले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने सहमति भएको छ ।

नेपालका परराष्ट्रमन्त्री शिशिर खानाल र भारतीय समकक्षी एस. जयशंकरबीच शनिबार नयाँदिल्लीमा भएको द्विपक्षीय वार्तामा उक्त सहमति भएको हो ।

भारतस्थित नेपाली दूतावासले जारी गरेको समझदारीपत्रअनुसार नेपाल र भारतबीच पी–टु–पी सीमापार डिजिटल भुक्तानी सेवा सञ्चालनमा ल्याइने भएको छ । यसका लागि नेपालको नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डियाबीच सन् २०२३ जुनमा भएको समझदारी कार्यान्वयनमा आउनेछ ।

यस्तै, भारतको विकास सहयोगमा निर्माण सम्पन्न भएका ७२ स्वास्थ्य क्षेत्र र १२ सांस्कृतिक क्षेत्रका भूकम्पपछिका पुनर्निर्माण परियोजना नेपाललाई हस्तान्तरण गरिएको छ । ती परियोजनाहरूले भूकम्प प्रभावित क्षेत्रमा सेवा प्रवाह र सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

त्यसैगरी, काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ अन्तर्गतको ‘सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर एन्ड आर्टिफिसियल इन्टेलिजेन्स’ र डिजिटल इन्डिया भाषिणी डिभिजन बीच ‘भ्वाइस फर्स्ट’ भाषा अनुवाद प्लेटफर्मका लागि राष्ट्रिय डिजिटल पूर्वाधार विकासमा सहकार्य गर्ने समझदारीपत्र आदानप्रदान भएको छ ।

यसअघि भएको वार्तामा दुवै मन्त्रीले व्यापार तथा आर्थिक सहकार्य, सीमापार कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन, खेलकुद तथा जनस्तरको सम्बन्ध विस्तारलगायत विषयमा व्यापक छलफल गरेका थिए । साथै, दुवै पक्षले विकास साझेदारी, पूर्वाधार निर्माण र आपसी हितका क्षेत्रमा सहकार्यलाई अझ गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वार्ताका क्रममा दुवै मन्त्रीले विभिन्न द्विपक्षीय परियोजना तथा सहकार्य कार्यक्रमहरूको प्रगति समीक्षा गर्नुका साथै तिनको कार्यान्वयनलाई तीव्र बनाउने विषयमा समेत विचार आदानप्रदान गरेका थिए ।

विदेशमन्त्री जयशंकरले नेपाल र भारतको विशेष सम्बन्ध रहेको उल्लेख गरे । ‘मध्य पूर्वको युद्धबीच पनि हामीले नेपालमा इन्धनको निरन्तर आपूर्ति सुनिश्चित गरेका छौँ,’ जयशंकरले भने, ‘हामी आवश्यकता परेको बेला एकअर्काको साथमा उभिएका छौँ ।’

जयशंकरले नेपालसँगको सम्बन्धलाई एआई, स्टार्टअप, सूचना प्रविधि र नवीकरणीय ऊर्जाका क्षेत्रमा अगाडि बढाउने उद्देश्य रहेको बताएका छन् ।

सम्बन्धित समाचार

राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
  • २०८३ जेष्ठ २४, ०७: १५

काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
  • २०८३ जेष्ठ २४, ०७: १५

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०८३ जेष्ठ २४, ०७: १५

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...